अमेरिकाद्वारा आफ्ना नागरिकलाई क्युबा भ्रमणमा बन्देज | Khabarhub Khabarhub

अमेरिकाद्वारा आफ्ना नागरिकलाई क्युबा भ्रमणमा बन्देज


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकाले आफ्ना नागरिकलाई क्युबा भ्रमणमा बन्देज लगाएको छ ।

अमेरिकाको अर्थमन्त्रालयले आफ्ना नागरिकलाई शैक्षिक भ्रमण, पर्यटन तथा स्वास्थ्योपचारका लागि क्युबा जान प्रतिबन्ध लगाएको हो ।

पछिल्लो समय अमेरिकी नागरिकका लागि क्युबा आकर्षक गन्तव्य बन्दै गइरहेका बेला अमेरिकी घोषणाबाट क्युबाको अर्थतन्त्रमा नराम्रो असर पर्नसक्ने आशंका गरिएको छ ।

सन् २०१९ को चार महिनामै करिब तीन लाख अमेरिकीले क्युबाको भ्रमण गरेका थिए । अघिल्लो वर्षको तुलनामा यो संख्या झण्डै दोब्बर हो ।

क्युबाले अमेरिकी पर्र्यटकबाट हुने आम्दानीलाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सहयोग गर्नका लागि खर्च गरिरहेको भन्दै यात्रा प्रतिबन्ध लगाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

क्युबाले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई सहयोग गरी ल्याटिन अमेरिकामा अस्थीरता उत्पन्न गरेको अमेरिकी आरोप छ । यता क्युबाले भने अमेरिकी कदमको निन्दा गरेको छ ।

यसअघि सन् २०१४ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाको प्रशासनमा अमेरिकी पर्यटकलाई क्युबा भ्रमण खुला गरिएको थियो ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ४ : ५२ बजे

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको

आजदेखि कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै सेना

काठमाडौं – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो

सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको खोजी

काठमाडौं – वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन कृष्ण