ऊर्जामन्त्रीद्वारा न्यू बुटवल-२२० केभी सबस्टेसनको उद्घाटन « Khabarhub

ऊर्जामन्त्रीद्वारा न्यू बुटवल-२२० केभी सबस्टेसनको उद्घाटन

'विद्युत बिक्रीको पहल सकारात्मक छ'


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – नवलपरासीको सुनवल नगरपालिका–१३ मा निर्माण गरिएको २२०/१३२ केभी न्यू बुटवल सबस्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले बिहीबार सबस्टेसनको उद्घाटन गरिन् ।

मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीको विस्तार तथा सदृढीकरणका लागि न्यू बुटवल सबस्टेसनको निर्माण गरिएको हो ।

मन्त्री भुसालले नेपालमा खपत गरेर बढी भएको विद्युत छिमेकी मुलुकमा बिक्री गर्नका लागि भइरहेको पहल सकारात्मक रुपमा अगाडि बढिरहेको बताइन् ।

रसिया र युक्रेनबीचको युद्धले अन्तर्राष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मूल्य बढी रहेकोले यसको प्रभाव नेपालमासमेत परिरहेको उल्लेख गर्दै भुसालले सस्तोमा उपलब्ध विद्युतको खपत बढाउन आग्रह गरिन् ।

ऊर्जा सचिव देवेन्द्र कार्कीले न्यू बुटवल सबस्टेसन बनेपछि भारतसँग विद्युत व्यापारका लागि थप पूर्वाधार तयार भएको बताए ।

नेपालका लागि नर्वेकी राजदूत टोरुन ड्रामडलले नर्वेले नेपालको ऊर्जा क्षेत्रमा करिब ९ करोड अमेरिकी डलर सहयोग गरिरहेको जानकारी दिँदै सबस्टेसन निर्माणबाट विद्युत प्रसारण तथा वितरणलाई गुणस्तरीय र भरपर्दो बनाउने बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसनबाट स्थानी क्षेत्रमा विद्युत आपूर्तिका लागि अर्को ३३/११ केभीको सबस्टेसन निर्माण गर्न लागिएको बताए । उनले नेपालको विद्युत महसुल सस्तो रहेको र मागेजति विद्युत उपलब्ध गराइरहेकोले यस क्षेत्रमा उद्योगहरु खोल्न आग्रह गरे ।

कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् म्यादीको दानाबाट सुरु हुने कालीगण्डकी करिडोर २२० कभी प्रसारण लाइन हुँदै न्यू बुटवल सबस्टेसनमा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ ।

नेपाल सरकारको लगानी, नर्वेको अनुदान र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा सबस्टेसनको निर्माण गरिएको हो । सबस्टेसन निर्माणका लागि ८ नोभेम्बर २०१७ मा एक अर्ब आठ करोड रुपैयाँमा टाटा प्रोजेक्ट लिमिटेड, भारतसँग ठेक्का सम्झौता भएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ७ : २१ बजे

शर्माको सुनुवाइ ‘फास्ट ट्र्याक’मा, विपक्षीको आपत्तिपछि रास्वपा सांसद्ले भने- यसलाई धेरै लम्ब्याउनु हुँदैन

काठमाडौं– संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार

रास्वपाका सांसद कार्की प्रकरण सदनमा, दोषी भए कारबाहीको माग

काठमाडौं– कृष्णकुमार कार्कीमाथि नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको

खाडी मुलुकको आग्रहपछि इरानमाथिको आक्रमण स्थगित गरियो : ट्रम्प

एजेन्सी– कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) को

प्रतिनिधिसभामा आज पनि प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको विरोध (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी

प्रतिनिधिसभा बैठक : जातीय विभेद अन्त्य गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा खोज्दादेखि