जुम्लाको शनिगाउँमा प्रहरी चौकी स्थापना | Khabarhub Khabarhub

जुम्लाको शनिगाउँमा प्रहरी चौकी स्थापना


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – सिंजा गाउँपालिकाका- ५ र ६ लाई लक्षित गरी प्रहरी चौकी स्थापना गरिएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार सिंजाको शनिगाउँमा प्रहरी चौकी स्थापना गरिएको हो । शनिगाउँमा नगिमान कठायतको नेतृत्वमा पाँच प्रहरी कार्यरत छन् ।

जुम्लाका प्रहरी नायव उपरीक्षक नरेनद्र चन्दले प्रहरी चौकी स्थापनासँगै अपराधिक क्रियाकलाप नियन्त्रणमा सघाउ पुग्ने बताए ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले समाजमा हिंसा न्यूनीकरण एवं शान्ति सुरक्षा कायम गर्न नागरिक-प्रहरीबीचको सहकार्य आवश्यक रहेको बताइन् ।

सिंजा गाउँपालिका-५ का वडाध्यक्ष मुनबहादुर रावतले स्थायी प्रहरी चौकी स्थापना भएकोमा खुसी व्यक्त गर्दै स्थानीय सरकारले प्रहरी चौकीमो भौतिक पूर्वाधारजस्ता काममा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ९ : २५ बजे

ट्रम्पलाई खामेनीको जवाफ- इरानी आत्मसमर्पण गर्नेमा पर्दैनन् 

काठमाडौं– इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ

‘विज्ञान प्रविधिमा आधारित उद्यमशीलता आवश्यक’ 

पाटन– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधिमा आधारित उद्यमशीलताको विकासका

दुई इरानी सेन्ट्रिफ्युज उत्पादन स्थल ध्वस्त : आईएईए

एजेन्सी– इरानको आणविक कार्यक्रमका लागि सेन्ट्रिफ्युज कम्पोनेन्टहरूको निर्माण स्थल रहेका

पार्टीमा देखिएका समस्याको समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री