लमजुङमा साढे ३० हजारले लगाए बुस्टर डोज « Khabarhub

लमजुङमा साढे ३० हजारले लगाए बुस्टर डोज


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा ३० हजार ५ सय २० जनाले कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज लगाएका छन्।

कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिले बुस्टर खोप लगाएका हुन् । जिल्लामा हालसम्म १ लाख २४ हजार ७ सय ६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन्। जसमध्ये पूर्ण खोप तथा दोस्रो मात्रा खोप लगाउनेको संख्या १ लाख १९ हजार ९ सय ९८ रहेको जिल्ला स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

स्वास्थ्य कार्यालयले कूल १ लाख ३२ हजार ८ सय ७० जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो । पहिलो खोप ९४.३६ प्रतिशतले लगाएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले जानकारी दिए। उनका अनुसार दोस्रो मात्र खोप ९०.७५ प्रतिशतले लगाएका छन् ।

कार्यालयले १८ वर्षमाथिका १ लाख १३ हजार ४ सय ८२ र १२ देखि १७ बर्षका १९ हजार ३ सय ८८ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो । १२ देखि १७ बर्षसम्मका १६ हजार ९ सय ४६ मजनालाई मोर्डनाको पहिलो डोज खोप लगाइएको छ भने दोस्रो मात्रा लगाउनेको संख्या १५ हजार २ सय ९ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लामा सुरुमा अभियानकै क्रममा खोप लगाइएकोमा पछिल्लो समय जिल्ला अस्पताल लमजुङबाट प्रत्येक साताको सोमबार र बिहीबार नियमित रुपमा खोप दिइदै आएको स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ९ : ५० बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२