इस्लाम धर्मावलम्बीले आज सब्बेबरात पर्व मनाउँदै | Khabarhub Khabarhub

इस्लाम धर्मावलम्बीले आज सब्बेबरात पर्व मनाउँदै


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीले आज एक साथ सब्बेबरात पर्व मनाइरहेका छन् ।

यस सब्बेबरात पर्वमा मुस्लिम समुदायका व्यक्तिले दुई दिन रोजा (व्रत) बस्ने गर्दछन् । मृत्यु भइसकेका पुर्खाको सम्झनामा मुस्लिम समुदायले प्रत्येक वर्ष यो पर्व मनाउने गरेको मौलान मशहुद खान नेपाली बताए ।

मुस्लिम समुदायले यस पर्वलाई आफ्नो समुदायको पर्वको मुख्यद्वार पनि मान्दै आएका छन् । सब्बेबरात पर्वपछि मुस्लिम समुदायका अन्य पर्व निरन्तररुपमा एकपछि अर्को पर्व आउने भएकाले यस पर्वलाई पर्वको प्रवेशद्वार मानिएको हो । अबका १५ दिनपछि मुस्लिमको एक महिने रमजान पर्व सुरु हुन्छ । त्यसपछि इद, बकर इद आउँछ ।

गत वर्ष गरेको कामको लेखाजोखा र आउने वर्षका लागि योजना तय गर्ने गरिन्छ । यस पर्वमा अल्लाहको इबादत नमाज (प्राथना) मुस्लिम ग्रन्थ कुरान वाचन, कब्रिस्तान (चिहान) मा प्रार्थना र गरिब दुःखीलाई दान दिने चलन रहिआएको मुस्लिम आगुवा असलमले जानकारी दिए।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ११ : २० बजे

बडादसैँले ‘समृद्ध लुम्बिनी’को संकल्प पूरा गर्न थप ऊर्जा मिलोस् : मुख्यमन्त्री आचार्य 

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमी पर्व–२०८१ ले ‘समृद्ध

न्युजिल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा

काठमाडौं– भारतले न्युजिल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि टिमको घोषणा गरेको छ

कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’

सोलुखुम्बु– दसैँका घमाइला दिन, जताततै रमाइलो । दसैँ मनाउनकै लागि

काभा पुरुष भलिबल : उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने

काठमाडौं– २० वर्ष मुनिको काभा पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि

दशैँमा फेरि देखिन थाले चर्खे पिङ

बागलुङ– बागलुङ नगरपालिका–८ सिगानामा झण्डै डेढ दशकपछि यसपालीको दशैँ चर्खेपिङ