संवैधानिक अङ्गमा ओली सरकारले गरेका नियुक्तिविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा « Khabarhub

संवैधानिक अङ्गमा ओली सरकारले गरेका नियुक्तिविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत नियुक्त गरेका विरुद्ध सर्वोच्च अदालतमा परेका रिटलाई हेर्दा हेर्दैमा राखिएको छ । रिटमाथि आगामी बुधबार सुनुवाइ हुनेछ ।

आज रिटमाथि सुनुवाई नभएपछि संवैधानिक अङ्गमा नियुक्ति भएका पदाधिकारीको भविश्य अनिर्धारण बुधबारको सुनुवाइले निर्धारण गर्नेछ । ओली सरकारले संवैधानिक परिषदमा उपस्थितिको बहुमतले निर्णय गर्न सक्नेगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो ।

सोही अध्यादेशमा टेकेर ५२ पदाधिकारीहरु संवैधानिक अंगहरुमा नियुक्त भएर कार्यरत छन् । अध्यादेश जारी र नियुक्ति दुबै संविधान विपरित भएकाले खारेज हुनपर्ने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्यालसहितले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

यो रिटको सुनुवाइपछि संवैधानिक इजलासले त्यसरी नियुक्ति भएका पदाधिकारीको भविश्य निर्धारण गर्ने बताइएको थियो । संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।

शुक्रबार रिटमाथि बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिटमाथिको सुनुवाइ अघि बढाउन माग गरेका थिए । १७ भदौ २०७८ मा न्यायाधीश हरि फुयाँलले जारी गरेको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दाको सुनुवाइमा अवरोध भएको भन्दै अर्यालले त्यो अवरोध खुलाउन माग गरेका थिए ।

न्यायाधीश हरि फुयाँलको एकल इजलासले १७ भदौ २०७८ मा रेग्मीको रिट निवेदनमाथि सुनुवाइ गर्दै संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ३ : ११ बजे

सभापतिको तयारीमा जुटे गगन, टिमबारे गरिरहेका छन् छलफल

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी पुस २७ गतेदेखि

झापामा दुई मतदानस्थल सारिए, डेढ सय बढी केन्द्र थपिँदै

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै

तस्बिरमा हेर्नुहोस्, लुम्बिनी र विराटनगरको प्रतिस्पर्धा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा

महानिर्देशक अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा (तस्बिरहरू)

काठमाडौं– नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत ६ जनाविरुद्ध

प्रशासन कार्यालय सञ्चालनमा आएपछि ८३४ सेवाग्राहीले राहदानी पाए

नेपालगञ्ज– जेन-जी प्रदर्शनपछि अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालयको सेवा सञ्चालनमा