सैनिक जवानको सम्मानका साथ अन्त्येष्टि « Khabarhub

सैनिक जवानको सम्मानका साथ अन्त्येष्टि


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गैँडाको आक्रमणपछि भाग्ने क्रममा ज्यान गुमाएका सैनिक जवान २८ वर्षीय पवन कटुवालको सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

शुक्रबार उदयपुरको गाईघाटमा सैनिक सलामीका साथ कटुवालको अन्त्येष्टि गरिएको हो ।

चितवन वन्यजन्तु राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खड्गदल गणमा कार्यरत कटुवालको बुधबार राति गैँडाको आक्रमणपछि भाग्ने क्रममा दलदल पोखरीमा डुबेर ज्यान गएको थियो ।

उदयपुरको त्रियुगा नगरपालिका-११ सिद्धार्थ टोल गाईघाटका कटुवालको शवलाई त्रियुगा नदी किनारमा रहेको आर्यघाटमा नेपाली सेनाका टोलीले अन्तिम सलामी दिएको थियाे ।

उनको शव सैनिक हेलिकोप्टरद्धारा ल्याइएको थियो ।

श्रद्धाञ्जली दिन प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, प्रदेश सांसद अम्बिका थापालगायत उपस्थित भएका थिए ।

कटुवालको एक छोरी र श्रीमती छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ५ : १५ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण

आज २०८२ साल चैत ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत