आर्मी पीएम कप क्रिकेटको फाइनलमा « Khabarhub

आर्मी पीएम कप क्रिकेटको फाइनलमा


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब एकदिवसीय प्रधानमन्त्री क्रिकेट कप (पीएम कप) को फाइनलमा प्रवेश गरेको छ ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा आर्मीले प्रदेश नम्बर ३ लाई १ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले दिएको ३ सय १० रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर ३ ले निर्धारित पूरा खेल खेल्दै ९ विकेट गुमाएर १ सय ९२ रन मात्रै बनाउन सक्यो ।

प्रदेश नम्बर ३ विरुद्ध आर्मीका सहाब आलमले उत्कृष्ट बलिङ गरे । प्रदेश नम्बर ३ का लागि १ सय ९२ रन बनाउने क्रममा अविजित रहेका इशान्त पाण्डेले उत्कृष्ट ब्याटिङ गर्दै ७८ रन बनाए । उनले ७८ रन बनाउँदा पनि टोलीलाई हार बाट जोगाउन भने सकेनन् ।

यस्तै ज्ञानेन्द्र मल्लले २६, कप्तान पारस खड्काले १९, नन्दन कुमार यादवले १६ र अदिल खानले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो जोड्न सकेनन् । आर्मीका शाहब आलमले ३ विकेट हात पार्दा कारण केसीले २, रोहित कुमार पौडेल, कुशल मल्ल र सुशन भारीले समान १–१ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३ सय ९ रन बनाएको थियो । आर्मीको लागि कप्तान बिनोद भण्डारी र राजु रिजालले अर्धशतकीय पारी खेले । विनोदले अविजित ७५ रन जोड्दा राजुले ५१ रन प्रहार गरे । यस्तै, रोहित कुमार पौडेलले ४३ रन जोड्दा हरिबहादुर चौहानले ३८ तथा राजेश पुलामी मगरले २९ रन बनाए ।

कुशल मल्ल २६ रनमा अविजित रहँदा करण केसीले २१ रन बनाए । पारस खड्काको कप्तानीमा रहेको प्रदेश ३ का लागि नन्दन कुमार यादव र जितेन्द्र सिंह ठकुरीले २–२ विकेट लिए । कप्तान पारस र सोनु देवकोटाले १–१ विकेट लिएका थिए । अब आर्मीले फाइनलमा दोस्रो सेमिफाइनलको नेपाल पुलिस र एपीएफ क्लबबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ५ : २१ बजे

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,