तराई क्षेत्रमा हर्षोल्लासका साथ आज होली पर्व मनाइयो | Khabarhub Khabarhub

तराई क्षेत्रमा हर्षोल्लासका साथ आज होली पर्व मनाइयो


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रङ्गहरुको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गर्दै हर्षोल्लासका साथ शुक्रबार तराई क्षेत्रमा मनाइएको छ ।

पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । तराईका जिल्लामा रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ लगाएर र लोला खेली मनाउने चलन छ ।

होली पर्वसँग त्रेतायुगमा हिरण्यकश्यपुले आफ्ना छोरा प्रल्हादलाई मार्न आगोले नजलाउने क्षमता भएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादसहित दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर प्रल्हादलाई केही नभएको कथा जोडिन्छ ।

शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको खुशीयालीमा फागु खेल्ने परम्परा सुरु भएको मानिन्छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ६ : ३२ बजे

बहुगुणी कोदो : खेती गर्न किसानको अरुचि

काठमाडौं – देशको चौथो मुख्य बाली  कोदोखेती गर्न पहाडी र

वृक्षरोपणमा चासो : संरक्षणमा उदासिनता

कञ्चनपुर– जिल्लामा हरेक वर्ष लाखौँ बिरुवा वन क्षेत्र, निजी जग्गा

सलमान खानको ‘कालो हरिण सिकार’ मुद्दा २५ वर्षपछि सुनुवाइ हुँदै  

काठमाडौं– बलिउड अभिनेता सलमान खानको कालो हरिण (ब्ल्याकबक) सिकार मुद्दाले

मुख्यमन्त्री लामालाई पदत्याग गर्न आग्रह

वाग्मती– नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले

धाईआमा र फर्मुला दूधले घटायो स्तनपान गराउने आमाको संख्या

एउटा जमाना यस्तो पनि थियो राजा महाराजाका सन्तान धाईआमाको स्तनपान