मधेश प्रदेश नीति आयोगका उपाध्यक्षलाई ‘महामूर्ख’ को उपाधि « Khabarhub

मधेश प्रदेश नीति आयोगका उपाध्यक्षलाई ‘महामूर्ख’ को उपाधि


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– यस वर्षको महामूर्खको उपाधि मधेश प्रदेशको नीति आयोगका उपाध्यक्ष उपाध्यक्ष डा. भोगेन्द्र झालाई दिइएको छ ।

जनकपुरधाम मिथिला नाट्यकला परिषद् (मिनाप) ले होली पर्वको अवसरमा प्रदान गर्दै आएको महामूर्खको उपाधि यस वर्ष मधेश प्रदेशका नीति आयोगका उपाध्यक्ष  झालाई दिएको हाे ।

मिथिला काल तथा सांस्कृतिकको क्षेत्रमा लामो समयदेखि कार्यरत रहेको मिनापले होली पर्वको पूर्वसन्धयामा महामूर्ख सम्मेलन गरी उपाध्यक्ष झालाई महामूर्खको उपाधि दिएको छ ।

सामाजिक, राजनीतिकलगायतका क्षेत्रमा उल्लेखनीय काम गर्ने व्यक्तिलाई मिनापले महामूर्खको उपाधि दिने गरेको मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिकले बताए ।

त्यसैगरी यस वर्ष  मधेश प्रदेश सांसद मञ्जु यादवलाई अदल बदली, नेपाली काँग्रेसका जनकपुरधाम नगर उपसभापति राकेशविक्रम साहलाई टिटही, मिथिला चित्रकार मनीषा साहलाई गन्हकी, मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डललाई हराशंख, नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झालाई दिलतोरिया, अधिवक्ता सुदिप कोइरालालाई गोबर गणेशको उपाधि दिएको छ ।

त्यसैगरी, मिनापले  गिद्धाबेलापट्टी विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई डपोर शंख, वरिष्ठ कलाकार रामरेखा पण्डितलाई बज्रकिट, जनकपुरधाममा मिथिला चित्रकलालाई सुरुवात गरेकी मिथिलेश्वरी कर्णलाई लालबुझकड, व्यवसायी अभिशेष चौधरीलाई बोतलानन्द र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायलाई बैशाखनन्दनको उपाधि दिइएको छ ।

समाजमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई मिनापले २०६१ सालदेखि नै ‘महामूर्ख’को उपाधि प्रदान गर्दै आएको छ । मिनापले महामूर्खका साथै विभिन्न पदवीबाट समाजका अगुवाहरूलाई सम्मान गर्ने गरेको छ ।

यसअघि मैथिली कवि नरेश ठाकुर, एमालेका नेता शीतल झा, राजनीतिक विश्लेषक सीके लाल, साहित्यकार रामभरोष कापडीलगायतलाई मिनापले महामूर्खको उपाधि दिइसकेको छ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ८ : ३४ बजे

प्रतिनिधिसभा बैठक : जातीय विभेद अन्त्य गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा खोज्दादेखि

रास्वपा सांसद कृष्णकुमारलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्ट नेपालको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा

एनसेल फाउन्डेसनले १०० विद्यार्थीलाई ‘एसईई छात्रवृत्ति’ दिने

काठमाडौँ – एनसेल फाउन्डेसनले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)

खानीडाँडा-थामर्खक सडकमा कालोपत्र सुरु

खोटाङ– खानीडाँडा विमानस्थलदेखि–याम्खा–रातमाटा–पञ्चमीबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय हुँदै थामर्खक जोड्ने

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने