युरेनियमको कारोबारमा संलग्न रहेको आरोपमा समातिएका काँग्रेस नेतासहित ८ जना रिहा | Khabarhub Khabarhub

युरेनियमको कारोबारमा संलग्न रहेको आरोपमा समातिएका काँग्रेस नेतासहित ८ जना रिहा


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रेडियोधर्मी धातु युरेनियमको कारोबारमा संलग्न रहेको भन्दै पक्राउ परेका नेपाली काँग्रेसका नेतासहित ८ जना रिहा भएका छन् ।

बरामद् गरिएको धातु युरेनियम नभएको पुष्टि भएपछि नेपाली काँग्रेसका नेता नवराज महतसहित ८ जना छुटेका हुन् ।

रिहा हुनेमा महतका साथै व्यवसायी भुपेन्द्रबहादुर खड्का, सिन्धुपाल्चोकका रामकृष्ण लामिछाने, सिराहाका गोपिलाल दास, नारायण यादव, महोत्तरीका सुरेन्द्रप्रसाद चौधरी, भारतीय नागरिक उपेन्द्र मिश्र र राजु ठाकुर छन् ।

दुई ठाउँमा धातुको परीक्षण गर्दासमेत युरेनियम पुष्टि नभएको बताइएको छ ।

भारतबाट युरेनियम बेचबिखनमा केही व्यक्ति सक्रिय रहेको सूचनाका आधारमा प्रहरीले २ किलो ८०० ग्राम तौल भएको युरेनियम भनिएको पद्धार्थ बरामद् गरेको थियो ।
युरेनियम प्रमाणित नभएपछि सरकारी वकिलले थप अनुसन्धान गर्न भन्दै फाइल फिर्ता पठाएको छ ।

अनुसन्धान गर्ने अवस्था नभएको र अदालतमा म्याद थप पनि नहुने भएकाले थुनामा रहेका व्यक्तिलाई प्रहरीले रिहा गरेको हो ।

उनीहरूलाई प्रहरीले फागुनमा बौद्धस्थित एक होटलबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ९ : ४३ बजे

दशहरा मेलामा रावण बध गरिँदै

खजुरा – नेपालगन्जको रामलीला मैदानमा विजयादशमीको घटस्थापनादेखि सुरु भएको रामलिला

दसैँको दिन बेपत्ता छोराको बाटो हेर्दै गुरुङ दम्पती

नवलपुर– आज बडादसैँको टीकाको दिन । गाउँलेहरू हर्षोल्लासका साथ दसैँ

बाला त्रिपुरासुन्दरीको पूजापछि मात्र त्रिपुराकोटमा दसैँको टीका

काँक्रेविहार – डोल्पाको त्रिपुराकोटमा दसैँको टीका जमरा आफ्नै साइतमा लगाउने

मुख्यमन्त्री कार्कीद्वारा आमाको हातबाट टीका ग्रहण

 मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९० वर्षीया आमा

दशैँको उल्लासमा छोपिन्छ घरेलु हिंसा, कसरी रोक्ने ?

काठमाडौं – यतिखेर नेपालीहरूको सबैभन्दा ठूलो पर्व दशैँको नवरात्र चलिरहेको