युरेनियमको कारोबारमा संलग्न रहेको आरोपमा समातिएका काँग्रेस नेतासहित ८ जना रिहा « Khabarhub

युरेनियमको कारोबारमा संलग्न रहेको आरोपमा समातिएका काँग्रेस नेतासहित ८ जना रिहा


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रेडियोधर्मी धातु युरेनियमको कारोबारमा संलग्न रहेको भन्दै पक्राउ परेका नेपाली काँग्रेसका नेतासहित ८ जना रिहा भएका छन् ।

बरामद् गरिएको धातु युरेनियम नभएको पुष्टि भएपछि नेपाली काँग्रेसका नेता नवराज महतसहित ८ जना छुटेका हुन् ।

रिहा हुनेमा महतका साथै व्यवसायी भुपेन्द्रबहादुर खड्का, सिन्धुपाल्चोकका रामकृष्ण लामिछाने, सिराहाका गोपिलाल दास, नारायण यादव, महोत्तरीका सुरेन्द्रप्रसाद चौधरी, भारतीय नागरिक उपेन्द्र मिश्र र राजु ठाकुर छन् ।

दुई ठाउँमा धातुको परीक्षण गर्दासमेत युरेनियम पुष्टि नभएको बताइएको छ ।

भारतबाट युरेनियम बेचबिखनमा केही व्यक्ति सक्रिय रहेको सूचनाका आधारमा प्रहरीले २ किलो ८०० ग्राम तौल भएको युरेनियम भनिएको पद्धार्थ बरामद् गरेको थियो ।
युरेनियम प्रमाणित नभएपछि सरकारी वकिलले थप अनुसन्धान गर्न भन्दै फाइल फिर्ता पठाएको छ ।

अनुसन्धान गर्ने अवस्था नभएको र अदालतमा म्याद थप पनि नहुने भएकाले थुनामा रहेका व्यक्तिलाई प्रहरीले रिहा गरेको हो ।

उनीहरूलाई प्रहरीले फागुनमा बौद्धस्थित एक होटलबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ९ : ४३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्