ढोरपाटन संरक्षणमा मुख्यमन्त्री पोखरेलको जोड « Khabarhub

ढोरपाटन संरक्षणमा मुख्यमन्त्री पोखरेलको जोड


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ढोरपाटनलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताएका छन्।

शुक्रबार बाग्लुङका विभिन्न कार्यक्रममा सहभागी हुँदै उहाँले नेपालको एकमात्र सिकार आरक्षका रुपमा रहेको ढोरपाटन स्वदेमा मात्रै नभएर विदेशमा पनि चासो र चर्चा पाएको स्थल भएकाले यसलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताए।

ढोरपाटनसहित यस आसपासका क्षेत्रमा पूर्वाधार निर्माणसँगै सर्वसाधारणको अपेक्षाअनुरुप विकासका गतिवधि अघि बढाउन सरकार प्रतिबद्ध भएको जनाउँदै मुख्यमन्त्री पोखरेलले प्राथमिकताअनुसार योजना तय गर्न आग्रह गरे ।

संरक्षणसँगै आयआर्जनमा जोड दिनु आवश्यक भएको उल्लेख गर्दै उनले विद्यमान कानुनी अड्चनलाई अन्त्य गर्नेतर्फ सरकार गम्भीर भएको उल्लेख गरे। सरकारले वन ऐन ल्याउने तयारी गरेको उनले जानकारी दिए ।

ढोरपाटन सिकार आरक्ष कार्यालयमा उक्त आरक्षबाट भइरहेका कामबारे मुख्यमन्त्रीले जानकारी लिएका थिए । मुख्यमन्त्रीसहितको टोलीलाई ढोरपाटन सिकार आरक्ष कार्यालयका तर्फबाट प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी गराएका थिए।

त्यस्तै ढोरपाटनमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले स्थानीय समृद्धि र विकासका लागि एकताबद्ध भएर जानु सकारात्मक भएको बताए।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ७ : ३० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्