वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ : दक्षिण एसियामा सबैभन्दा खुसी देश नेपाल « Khabarhub

वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ : दक्षिण एसियामा सबैभन्दा खुसी देश नेपाल


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल विश्वकै सबैभन्दा खुसी देशको सूचीमा ८५ औँ स्थानमा छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले नेपाललाई खुसी देशको सूचीमा दक्षिण एसियामा नै पहिलो स्थानमा राखेको हो ।

सूचीमा नेपालभन्दा तीन स्थानमाथि अर्थात् ८२ औँ नम्बरमा चीन छ भने युक्रेनमाथि हमला गरिरहेको रुस ७४ औँ स्थानमा छ । रुसी हमलामा परेको युक्रेन १०८ औ स्थानमा छ।

नेपालपछि बुल्गेरिया र माल्दिभ्स छ । सूचीमा बंगलादेश ९९ र पाकिस्तान १०३ औँ नम्बरमा छ। श्रीलंका १२६औँ स्थानमा हुँदा भारत १३६औँ स्थानमा परेको छ ।

सूचीअनुसार अफगानिस्तान विश्वकै सबैभन्दा दुःखी देश बनेको छ। अफगानिस्तानपछि लेबनान र जिम्बाबे छ।  भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन ।

फिनल्यान्ड लगातार पाँचौँ पटक पहिलो स्थानमा

फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुसी देश साबित भएको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित भएको हो । वर्ल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो ।

प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरू जस्ता विभिन्न तत्त्वहरूका आधारमा विश्व खुसी प्रतिवेदनले सामान्यतया १५० देशहरूलाई क्रमबद्ध गर्दछ ।

सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, स्वीट्जरल्यान्ड चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जमवर्ग क्रमशः पाँचौँ र छैटौँ स्थानमा छ। स्विडेन, नर्वे र इजरायल क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् भने र न्यु जिल्यान्ड दशौँ स्थानमा छ ।

-एजेन्सी

 

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १२ : ३२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्