‘महिलासँग मेयर’कार्यक्रम : ६० छात्रालाई साइकल वितरण « Khabarhub

‘महिलासँग मेयर’कार्यक्रम : ६० छात्रालाई साइकल वितरण


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुर महानगरपालिकामा विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका ६० छात्रालाई साइकल वितरण गरिएको छ । महानगरपालिकाले जोखिममा परेका ‘महिलासँग मेयर’कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको हो ।

दुई वर्षअघिदेखि सुरु गरिएको कार्यक्रमअन्तर्गत यस पटक भरतपुरका वडा नं १८, १९ र २० का आठ विद्यालयका ६० छात्रालाई साइकल वितरण गरिएको हो । महानगरपालिकाको सामाजिक महाशाखाका अनुसार महानगरले हालसम्म ५२४ छात्रालाई साइकल प्रदान गरिसकेको छ ।

विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजनाअन्तर्गत साइकल वितरण गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन्।

महानगरले यस वर्ष १० वडाका २०० छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ । बाँकी रहेका वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने उनले बताइन् । एक समारोहका बीच महानगर प्रमुख दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले संयुक्तरुपमा पश्चिम चितवनको भीमनगर माविबाट साइकल वितरण गरेको थियो ।

सो अवसरमा प्रमुख दाहालले विकासको गतिले अगाडि बढेको भरतपुरमा शैक्षिक सुधारका लागि स्थानीय सरकारले गर्नुपर्ने शैक्षिक सुधारकै कारण पाँच हजारभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयमा बढेको जानकारी दिए। उनले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको बताए ।

उनका अनुसार महानगरभित्रका सरकारी विद्यालयको शैक्षिकस्तर विकासका लागि भौतिक संरचना विकासमा धमाधम काम भइरहेको छ । उपप्रमुख ठकुरीले विपन्न परिवारका छात्रालाई लक्षित गरी गरिएको यो कार्यक्रमले छात्रालाई विद्यालयमा निरन्तरता गराउन धेरै प्रभावकारी हुने बताए।

उनले महानगरले छात्रालाई नै लक्षित गरी निःशुल्करुपमा सेनेटरी प्याड वितरणदेखि स्कुल बस प्रदानसहितका शैक्षिक सुधारका आधा दर्जन बढी काम गरेको बताए । महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले महानगरको शैक्षिक सुधार नीतिले यहाँ शैक्षिक आर्कषण बढेको बताए।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ९ : ४३ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२