प्रचण्डले भने– ‘ओलीलाई मैले नायक बनाउन खोजेको थिएँ’ « Khabarhub

प्रचण्डले भने– ‘ओलीलाई मैले नायक बनाउन खोजेको थिएँ’


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष ओलीलाई आफूले नायक बनाउन खोजे पनि खलनायक बनेको टिप्पणी गरेका छन् ।

शनिबार सिन्धुलीमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालले ओली प्रधानमन्त्री भएका बेला नायक बनाउन धेरै प्रयत्न गरे पनि आफ्नो कुरा नमानेर खलनायक बनेको बताएका हुन् ।

ओली खलनायक बनेर संविधान उल्ट्याउने काम गरेको पनि उनको भनाइ छ ।

अध्यक्ष दाहालले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको कुरा माओवादीलाई मन परे पनि अरु दललाई त्यतिको मन नपरेकोसमेत टिप्पणी गरेका छन् ।

अध्यक्ष दाहालले समायोजनलगायत कर्मचारीका समस्याहरू समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  २ : १७ बजे

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस