साढे चार वर्षमा मर्चवारको फेरिएको तस्बिर « Khabarhub

साढे चार वर्षमा मर्चवारको फेरिएको तस्बिर


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- मर्चवार भन्ने बित्तिकै धुलाम्य तथा उबडखाबड सडक, त्यसमाथि थोत्रा बस कुद्ने क्षेत्रको रुपमा चिनिन्थ्यो । तर स्थानीय सरकार गठनको चारवर्षमा मर्चबारले आफ्नो परिचय बदलेको छ ।

मर्चवार क्षेत्रमा तीन पालिका छन् । यसमध्ये रुपन्देहीको दक्षिणी क्षेत्रमा अवस्थित सम्मरीमाई गाउँपालिका एक हो । भारतसँग सीमा जोडिएको सम्मरीमाई साविकको सात गाविस मिलेर बनेको छ ।

यहाँका सर्वसाधारणको मुख्य पेशा कृषि हो । सोही कारण पालिकाले पछिल्लो साढे चार वर्षमा किसानलाई लक्षित गरी जीर्ण सडक विस्तार, स्वास्थ्य र शिक्षामा सहज पहुँचको प्रयास गरिहेको छ ।

पूर्वमा मर्चवारी गाउँपालिका, पश्चिममा लुम्बिनी साँस्कृतिक नगरपालिका, उत्तरमा कोटहीमाई गाउँपालिका र दक्षिणमा भारतको उत्तरप्रदेश सीमाना पर्ने पालिकाभित्र विकासको पहिलो सूचक सडकमा गाउँपालिकाले करोडौ लगानी गरेको छ ।

पालिकाले यस अवधिमा २० किलोमिटर सडक पिच गरेको छ भने २५–३० किलोमिटर सडक पीसीसी ढलान गरेको छ । यस्तै सोही अनुपातमा सडकहरू ग्राभेल भएको छ ।

सडक जोडिएसँगै स्थानीयलाई कामकाजमा सहज भएको छ । कृषि पेशा मुख्य भए पनि आधुनिक उपकरणहरुका लागि बाटो नै पहिला चाहिने भएकोले यसले पालिको मात्रै होइन समग्र मर्चवारबासीको आर्थिकस्तर सुढृड भएको छ ।

गाँउपालिका प्रमुखमा जितेन्द्रनाथ शुक्ल बब्लु आएदेखि भौतिक संरचना अभाव झेलिरहेको मर्चवारका पालिकामा निकै सुधार भएको छ । यस क्षेत्र भित्रका ८० प्रतिशतभन्दा बढी क्षेत्र सहज सडक पहुँच बनेको छ ।

पालिकाका भित्री सडक विस्तार भए पनि मुख्य बाटोको समस्या भने अझै उस्तै छ । हिलोमुक्त गाउँ बनाउन अझै अति आवश्यक सडकको स्तरोन्नति र विस्तार गर्नुपर्ने पालिका अध्यक्ष शुक्लाले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ३ : ३० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्