साढे चार वर्षमा मर्चवारको फेरिएको तस्बिर « Khabarhub

साढे चार वर्षमा मर्चवारको फेरिएको तस्बिर


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- मर्चवार भन्ने बित्तिकै धुलाम्य तथा उबडखाबड सडक, त्यसमाथि थोत्रा बस कुद्ने क्षेत्रको रुपमा चिनिन्थ्यो । तर स्थानीय सरकार गठनको चारवर्षमा मर्चबारले आफ्नो परिचय बदलेको छ ।

मर्चवार क्षेत्रमा तीन पालिका छन् । यसमध्ये रुपन्देहीको दक्षिणी क्षेत्रमा अवस्थित सम्मरीमाई गाउँपालिका एक हो । भारतसँग सीमा जोडिएको सम्मरीमाई साविकको सात गाविस मिलेर बनेको छ ।

यहाँका सर्वसाधारणको मुख्य पेशा कृषि हो । सोही कारण पालिकाले पछिल्लो साढे चार वर्षमा किसानलाई लक्षित गरी जीर्ण सडक विस्तार, स्वास्थ्य र शिक्षामा सहज पहुँचको प्रयास गरिहेको छ ।

पूर्वमा मर्चवारी गाउँपालिका, पश्चिममा लुम्बिनी साँस्कृतिक नगरपालिका, उत्तरमा कोटहीमाई गाउँपालिका र दक्षिणमा भारतको उत्तरप्रदेश सीमाना पर्ने पालिकाभित्र विकासको पहिलो सूचक सडकमा गाउँपालिकाले करोडौ लगानी गरेको छ ।

पालिकाले यस अवधिमा २० किलोमिटर सडक पिच गरेको छ भने २५–३० किलोमिटर सडक पीसीसी ढलान गरेको छ । यस्तै सोही अनुपातमा सडकहरू ग्राभेल भएको छ ।

सडक जोडिएसँगै स्थानीयलाई कामकाजमा सहज भएको छ । कृषि पेशा मुख्य भए पनि आधुनिक उपकरणहरुका लागि बाटो नै पहिला चाहिने भएकोले यसले पालिको मात्रै होइन समग्र मर्चवारबासीको आर्थिकस्तर सुढृड भएको छ ।

गाँउपालिका प्रमुखमा जितेन्द्रनाथ शुक्ल बब्लु आएदेखि भौतिक संरचना अभाव झेलिरहेको मर्चवारका पालिकामा निकै सुधार भएको छ । यस क्षेत्र भित्रका ८० प्रतिशतभन्दा बढी क्षेत्र सहज सडक पहुँच बनेको छ ।

पालिकाका भित्री सडक विस्तार भए पनि मुख्य बाटोको समस्या भने अझै उस्तै छ । हिलोमुक्त गाउँ बनाउन अझै अति आवश्यक सडकको स्तरोन्नति र विस्तार गर्नुपर्ने पालिका अध्यक्ष शुक्लाले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ३ : ३० बजे

रूसी आक्रमणको बीच युक्रेनमा भ्रष्टाचार बढ्दो

किएभ – युक्रेनको भ्रष्टाचार विरोधी निकायले सुरक्षा सेवाहरूले अधिकारीहरूलाई शनिबार

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको