देशको दोश्रो ठूलो विद्युत् सबस्टेशनको उद्घाटन « Khabarhub

देशको दोश्रो ठूलो विद्युत् सबस्टेशनको उद्घाटन


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप– रामेछापको मन्थलीमा निर्माण भएको देशको दोश्रो ठूलो विद्युत् सबस्टेशनको उद्घाटन भएको छ ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्थली नगरपालिका–१३ को साँखेमा रहेको नयाँ खिम्ती सबस्टेशनको उद्घाटन गरेका हुन् ।

धनुषाको ढल्केवरस्थित सबस्टेशनपछिको ठूलो यो सबस्टेशन २२०/१३२ केभी क्षमताको हो ।

नयाँ खिम्ती सबस्टेशन देशको ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको एउटा मुख्य भाग हो ।

यो सबस्टेशनबाट करिब एक हजार २०० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ ।

२०७५ सालदेखि निर्माण सुरु भएको यो सबस्टेशनको निर्माण गत असारमा सम्पन्न भएको थियो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उपस्थित थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ३ : ४१ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने