पल प्रकरणमा दुर्गेश र सरोजले दिए यस्तो बयान | Khabarhub Khabarhub

पल प्रकरणमा दुर्गेश र सरोजले दिए यस्तो बयान


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेता पल शाहविरुद्ध नाबालिग बलात्कारको जाहेरी परेसँगै जोडिएर आएका नामहरू हुन्, दुर्गेश थापा र सरोज वली ।

पलले सरेन्डर गर्नु पूर्व सार्वजनिक गरेको अडियोमा यी दुई जनाले आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका थिए । त्यसयता पलका फ्यानले यी नामहरूलाई जोडेर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।

सामाजिक सञ्जालमा चर्काे आलोचना र साइवर बुलिङ्गको शिकार भएका दुर्गेश र सरोजले आफ्नो बयान दिइसकेका छन् ।

नाबालिग बलात्कारका अभियुक्त पल शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा बिहीबार दर्ता भएको अभियोग पत्रमा १२ देखि १४ वर्ष सजायको माग गरिएको छ ।
जाहेरी अनुसार करणी भएको स्थापित भएको दाबी गर्दै सजायको मागदाबी गरिएको हो ।

घटनास्थलको मुचुल्का, पीडितसहित अन्यको बयान, पीडितको शारीरिक परीक्षण प्रतिवेदन, अडियो रेकर्ड र प्रतिवादी शाहको बयानका आधारमा भिडियो सुटिङका क्रममा शाहले १५ वर्ष ८ महिनाकी नाबालिकालाई विवाह गर्छु भन्दै फकाएर पीडितको इच्छाविपरीत पटक–पटक करणी गरेको स्थापित हुन आएको अभियोग पत्रको अभियोग खण्डमा उल्लेख छ ।

अभियोग पत्रसँगै घटनासँग जोडिएकाहरूको बयानको महत्वपूर्ण बुँदा सङ्कलन गरिने क्रममा शाहको हकमा पनि १६ पानाको अभियोग पत्रमा पीडित र अभियुक्तको बयान, जाहेरी अगाडि नै घटनाबारे जानकारसँगको बयान र प्राप्त प्रमाणहरू राखिएका छन् ।

नवलपुर जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमा सरोज र दुर्गेशको बयान पनि समेटिएको छ । उक्त बयानमा उनीहरूले जबरजस्ती करणी र आर्थिक बार्गेनिङलगायतका विषयमा जानकारी नरहेको बताएका छन् ।

दुर्गेशले बयानमा कामको शिलशिलामा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह र पीडित परिवर्तित नाम २०७८ गैँडाकोट ५ (क) सँग चिनजान भएको बताएका छन् । ‘म काठमाडौँबाट मिति २०७७।१२।०७ गते चितवन जिल्लाको सौराहा भन्ने स्थानमा आई प्रतिवादी पल तथा पीडितसँग भेट भई ‘तामा पित्तलू गीतको भिडियो सुटिङ सकेर हामीलगायत पीडितसमेतको सुटिङ्ग युनिट बेलुका गैँडाकोट रिसोर्टमा आई दिनभरि सुटिङको कामले थाकेको हुँदा म कोठामा गई सुतेको हो ।’

दुर्गेशले बयानमा भनेका छन् । उनले पीडित आफूले बुकिङ गरेको कोठामा सुत्न गएकी र काजीश श्रेष्ठ, पल शाह भन्ने पूर्णविक्रम शाहसमेतका व्यक्तिहरू मादक पदार्थ सेवन गरी वाहिर बसिरहेको बयानमा बताएका छन् ।

निजहरू कुन कोठामा सुते मलाई थाहा भएन । अर्काे दिन ८ गते बिहान म काम विशेषले काठमाडौँ गएको हो’ दुर्गेशले भनेका छन् । आफूलाई पलका म्यानेजर बताउने कृष्ण जोशीले प्रतिवादी र पीडितको सम्बन्धको बारेमा जानकारी गराएको उनको भनाइ छ । पीडितले पनि जबरजस्ती करणी गरेको भनि बताएको हुँदा आफूलगायत सम्राट चौलागाईं, सरोज वली, योगेश काजीलगायतले कानुनी कारबाहीको सुझाव दिएको दुर्गेशले बताएका छन् । ‘अन्य आर्थिक कुराको बार्गेनिङका बारेमा मलाई केही जानकारी भएन,’ उनले बयान दिएका छन् ।

सरोज ओलीले पनि प्रतिवादी तथा पीडितको सम्बन्धको विषयमा आफूलाई पलका म्यानेजर कृष्ण जोशीले नै बताएको बयानमा जानकारी दिएका छन् । ‘पीडित नाबालिका डिप्रेसनमा गएको र मर्छ भनेर कृष्ण जोशीले मलाई २०७८ सालको असारमा बताएका थिए,’ सरोजले भनेका छन् । पीडितले पनि आफूहरूसँग प्रतिवादीले यौन शोषण र ह्यारेसमेन्ट गरेको बताएको सरोजले जानकारी दिएका छन् । आफूहरूले कानुनी कारबाही गर्दा राम्रो हुन्छ भनि सल्लाह दिएको सरोजले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ४ : ४५ बजे

हेवा खोलाको निर्माणाधीन बेलिब्रिज भाँचियो, ६ जना घाइते

पाँचथर – मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा

हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या

हुम्ला – दुई सातादेखि हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या बढ्दै

निर्वाचन पद्धति र प्रणालीबारे विवेचना हुन जरुरी छः सभामुख घिमिरे

काठमाडौं – सभामुख देवराज घिमिरेले शासकीय प्रणालीलाई प्रभावकारी र जनमुखी

इराकस्थित अमेरिकी सैन्य संरचनामा आक्रमण नगर्न बग्दादको आग्रह

बग्दाद – वासिङ्टनको सहयोगी इजरायल र इरानबीच झडप भइरहेका बेला

हेटौँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते

मकवानपुर – हेटौँडा–वीरगञ्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्ट नजिक