भूपेन्द्र भए नेपाल आइडल- ४ को विजेता | Khabarhub Khabarhub

भूपेन्द्र भए नेपाल आइडल- ४ को विजेता


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भैरहवा – नेपाल आइडल सिजन-४ को विजेता भैरहवाका भूपेन्द्र थापा भएका छन् ।

एपी वान च्यानलबाट गायन प्रतिभा चौथो संस्करण नेपाल आइडलमा टप ५ मा पुगेका भूपेन्द्रले सबैभन्दा बढी मत ल्याई विजेता बनेका हुन्।

उनीसँगै ५ प्रतिस्पर्धी थिए, शनिबार साँझ भएको ग्राण्ड फिनालेमा थापा चौथो संस्करणको सर्वोत्कृष्ट भई उपाधि चुम्न सफल भएका हुन्। थापा ३० लाख रुपैयाँ नगद र ट्रफीसहित विभिन्न स्पोन्सरबाट पुरस्कृत भए।

थापा टप पाँचमा परेपछि भोटको अपिलका लागि गत साता भैरहवा पुगेका थिए। भैरहवास्थित सनसाइन स्कुल पढेका उनलाई स्कुल र स्थानीयले सपोर्ट गरेर नै उपाधि दिलाउन सकेका छन् ।

त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ, सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल भएका छन् । झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौँ भए ।

 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ६ : ४६ बजे

प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी रहने

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार पनि बस्दैछ ।

क्लब विश्वकप- एट्लेटिकोमाथि पिएसजी ४-० ले विजयी

काठमाडौं – फिफा क्लब विश्वकपको आइतबार भएको समूह ‘बी’को खेलमा

आज देशभर वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अकल्यान्डविरुद्ध म्युनिखको १० गोल, जमालले ह्याट्रिक गर्दा मुलरको दुई गोल

काठमाडौं – क्लब विश्वकप फुटबलको आइतबार भएको समूह ‘सी’को खेलमा

इरान-इजरायल युद्ध: दुई सय २४ इरानीको मृत्यु, तेहरान छाड्नेको भीड

तेहरान – शुक्रबारदेखि सुरु भएको इजरायल र इरानको युद्धले दुवै