उपभोक्ताको गुनासो-खानेपानीको महसुल महँगो भो  « Khabarhub

उपभोक्ताको गुनासो-खानेपानीको महसुल महँगो भो 


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजनाले वितरण सुरु गरेको खानेपानीको महसुल महँगो भएको उपभोक्ताले गुनासो गरेका छन् । उपभोक्ताले दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका–२ सोल्माको रम्बाखोला, माझखोला र काउले मुहान भएको खानेपानी आयोजनाको महसुल अस्वाभाविक रूपमा महँगो बनाइएको गुनासो गरेका हुन् ।

दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका–१ दिक्तेलका उपभोक्ताले वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै उपभोक्ताको हित अनुकूल हुने गरी खानेपानीको महसुल निर्धारणको पहल गर्न माग गरेका छन् । न्यूनतम प्रतियुनिट १५ रुपैयाँदेखि ७५ रुपैयाँसम्म महसुल निर्धारण हुँदा कतिपय सामान्य परिवारका उपभोक्ताले खानेपानी उपभोग गर्न सक्ने अवस्था नभएको स्थानीय कृष्ण आचार्यले बताए ।

खानेपानीको निर्धारित नयाँ महसुल दर हेरफेर नभएसम्म उपभोक्तालाई दिइएको बिलमा उल्लेख रकम नबुझाउने ध्यानाकर्षण पत्रमा भनिएको छ । दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको पानी वितरणअघि मासिक दुई सय महसुल बुझाउँदै आएका कतिपय उपभोक्ताको ३ हजार ९०० सम्म बिल उठेको उपभोक्ताको भनाई छ । ‘हामीले पानीको मासिक दुई सय महसुल तिर्दै आएका थियौँ । अहिले मासिक चार हजारसम्म बिल आएपछि कसरी तिर्ने उपभोक्ताले ?,’ आचार्यले भने, ‘दिक्तेलबजारका अधिकांश परिवारमा कम्तीमा २५ देखि ३० युनिट पानीको प्रयोग हुन्छ । एउटा घरले खानेपानीकै पैसा दुई हजार–तीन हजार तिर्नुपर्‍यो भने सामान्य परिवारले कसरी धान्न सक्छ ?’

रम्बाखोला माझखोला साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र पानीपोत महसुल शुल्क निर्धारण सुझाव समितिको १४ फागुनमा बसेको बैठकले १ युनिटदेखि ८ युनिटसम्म न्यूनतम २५० रुपैयाँ, ८ युनिटदेखि १५ युनिटको प्रतियुनिट १५, २० युनिटदेखि २५ युनिटसम्म प्रतियुनिट २५, २५ युनिटदेखि ३० युनिटसम्म प्रतियुनिट ५० र ३० देखि माथि प्रतियुनिट ७५ रुपैयाँ महसुल दर रेट निर्धारण गर्ने निर्णय गरेको थियो ।

खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २२ करोड ५५ लाख ५८ हजार ८७९ (भ्याटसहित) रुपैयाँको लागतमा खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो । १८ महिनाभित्र दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एवं शुद्ध पानी वितरण गर्ने लक्ष्यकासाथ १४ चैत २०७५ देखि योजनाको काम सुरु गरिएको थियो । आयोजनाको कतिपय मिटर लिकेज हुने समस्या देखिएको छ । सो आयोजना केही समयपछि उद्घाटनको तयारी गरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ६ : ५७ बजे

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने

प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका