जीवनले ल्याए पुस्तक ‘क्लोज–अप’ | Khabarhub Khabarhub

जीवनले ल्याए पुस्तक ‘क्लोज–अप’


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित गैर आख्यान पुस्तक ‘क्लोज–अप’ काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै लोकार्पण गरिएको छ ।

चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महा संघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं फिल्म निर्देशक राजेन्द्र शलभ लगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

फिल्म समीक्षक हुँदै निर्देशक बनेका दीपेन्द्र लामाको सम्पादन रहेको पुस्तक ३ सय ६३ पृष्ठको छ । ‘अनि सुरु भयो नेपाली चलचित्र उद्योग’, ‘राजेश हमाल : युगदेखि युगसम्म’, ‘भारतबाट नेपाली चलचित्र : सीमानाले अलग, भाषा र सिर्जनाले एक’, ‘साँघुरो छ आधा आकाश’, ‘चलचित्र निर्देशनमा चौथौं अंग’ र ‘अन्त्यमा’ गरी ६ खण्डमा विभाजित पुस्तकमा विभिन्न कालखण्ड र ति काल खण्डका चलचित्रकर्मीहरुको अनुभव, भोगाइ र संघर्षलाई समेटिएको छ ।

कार्यक्रममा निर्देशक राजेन्द्र शलभले पुस्तकमाथि टिप्पणी गर्दै ‘क्लोज–अप’ एउटा राम्रो दस्तावेज भएको बताए । ’नेपाली चलचित्रलाई नजिकबाट जान्न र बुझ्न चाहनेहरुका लागि उपयोगी हुनेछ’ उनले भने ।  कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धरले डिजिटलको युगमा धेरै कुराहरु इन्टरनेटबाट थाहा पाउन सकिने भएपनि किताबमा जस्तो विश्वास आफूलाई अरुमा नलाग्ने बताइन् । ‘किताबको आफ्नै महत्त्व छ । आजका दिनमा पनि म विश्व सिनेमाको बारेमा जान्न किताब नै खोज्ने गर्छु । किनकि, किताबमा म वास्तविकता भेट्छु । ‘क्लोज–अप’ले पनि नेपाली चलचित्रलाई थप नजिकबाट चिनाउने छ भन्नेमा विश्वस्त छु,’ उनले भनिन् ।

निर्देशक तथा अभिनेत्री झरना थापाले ‘क्लोज–अप’ ले नेपाली चलचित्रकर्मीलाई प्राण भरि दिएकोमा खुसी व्यक्त गरिन् । निर्देशक दीपाश्री निरौलाले भने ‘क्लोज–अप ’लाई आफूले नेपाली चलचित्र र चलचित्रकर्मीहरुको दस्तावेजको रुपमा लिएको धारणा राखिन् ।

 त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दाहालले ‘क्लोज–अप’ लाई उत्कृष्ट र सुन्दर सुरुवातको रुपमा व्याख्या गर्दै भने, ‘नेपाली चलचित्र पत्रकारिता सतही मात्र भएको अवस्थामा विश्लेषणात्मक लेखसहितको पुस्तकले चलचित्र पत्रकारितालाई नै नयाँ ढंगबाट लैजाने विश्वास लिएको छु । पुस्तकले नेपाली चलचित्रको समग्र इतिहास र पात्रलाई समेट्न नसके पनि भोलिका दिनमा अझ फराकिलो रुपमा पुस्तक ल्याउन म लेखकलाई आग्रह गर्छु ।

पुस्तकबारे कार्यक्रममा अभिनेता उत्तम प्रधान, निर्देशकहरु नारायण पुरी, दिनेश डिसी, पत्रकार महा संघका अध्यक्ष विपुल पोखरेल लगायतले पनि बोल्दै शुभकामना दिए । कार्यक्रमको अन्त्यमा लेखक पराजुलीले पुस्तकमा धेरै पाटो र पात्रहरु समेटिन छुटेको भएपनि चलचित्रको इतिहास झल्किने घटना र सम्बन्धित पात्रका व्यक्तित्वलाई समेटर अरु पुस्तकहरु पनि क्रमशः लेख्दै जाने बताए ।

कार्यक्रममा लेखक पराजुलीले भने, ‘मैंले लेखनको एउटा तिर्खा मेटाउन चलचित्र क्षेत्रको केही अंशलाई मात्रै टिपेर पुस्तकको आकार दिएको छु । यो एउटा सुरुवात मात्र हो । पुस्तकलाई पहिलो खण्डको रुपमा मात्र लिन सकिन्छ । पहिलो खण्ड यस अर्थमा कि चलचित्रको इतिहास झल्काउने धेरै कुराहरु लेख्न बाँकी नै छ । त्यस्ता धेरै व्यक्तित्वहरु हुनुहुन्छ, जसले नेपाली चलचित्रलाई आजको स्थानसम्म पुर्‍याउन योगदान दिनु भएको छ । उहाँहरुका बारेमा लेख्न बाँकी नै छन् ।’

ठुलो पर्दा मिडियाले प्रकाशन गरेको पुस्तकलाई किताब यात्राले अनलाइनबजार व्यवस्थापन गरेको छ । यूरोपका विभिन्न देशहरु र थाईल्यान्ड, भारत, दक्षिण कोरिया, अष्ट्रेलियालगायतका देशहरुमापनि सार्वजनिक गर्ने तयारी गरिएको कार्यक्रममा बताइयो । ५ सय ९९ रुपैयाँमुल्य रहेको पुस्तक यसै साताबाट देशभर तथा अमेजन मार्फत संसारभर उपलब्ध हुने जानकारी कार्यक्रममा गराइयो ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ५ : ४५ बजे

एकीकृत समाजवादीको केन्द्रीय सदस्य सिफारिस गर्ने जिम्मा प्रदेश इन्चार्ज र सचिवलाई

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले सबै प्रदेशका इञ्चार्ज

सोमबारदेखि सरकारी खाता रोक्का, चालू आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार

काठमाडौं– सोमबार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द

‘घर घरज्वाइँ’ को गीत ’यानीमाया’ सार्वजनिक 

काठमाडौं– अभिनेता दयाहाङ राई र अभिनेतृ मिरुना मगरको मुख्य अभिनय

हात्तीको आक्रमणबाट १३ जना घाइते

कोलम्बो– दक्षिणी श्रीलङ्कामा आयोजित एक धार्मिक शोभायात्राका क्रममा शनिबार राति हात्तीको

काश्मिरमा गोली लागी आठ जनाको मृत्यु

नयाँदिल्ली– भारत प्रशासित काश्मिरमा भएको गोली हानाहानको दुई वटा छुट्टै