तीन डीआईजीलाई एआईजीमा सिफारिस गर्ने निर्णयविरुद्ध उजुरी « Khabarhub

तीन डीआईजीलाई एआईजीमा सिफारिस गर्ने निर्णयविरुद्ध उजुरी


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको छ ।

गृहमन्त्रालयको बढुवा सिफारिस समितिले गरेको निर्णयविरुद्ध नेपाल प्रहरीका डीआईजी घनश्याम अर्यालले लोकसेवा आयोगमा उजुरी दिएका हुन् ।

चैत १ गते समितिले डीआईजीहरू बसन्त पन्त, धिरप्रताप सिंह र रविन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेका थियो ।

वरिष्ठता र कार्यक्षमताको आधारमा सिफारिस नगरिएको दाबी गर्दै अर्यालले उजुरी दिएका छन् ।

एआईजी हुने प्रतिस्पर्धा अर्याल पनि थिए । उनले सिफारिस गरिएकाहरूभन्दा आफू सिनियर भएको पनि भन्दै निर्णय बदर गर्न माग गरेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ८ : ५५ बजे

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा