किम जोङ उनलाई चित्त नबुझ्दा खेलकुद समारोह नै रोकियो ! | Khabarhub Khabarhub

किम जोङ उनलाई चित्त नबुझ्दा खेलकुद समारोह नै रोकियो !


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तर कोरिया– उत्तर कोरियामा जारी विशाल खेलकुद समारोहप्रति उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले असन्तुष्टि जनाएपछि स्थगित भएको छ ।

गत सोमबारबाट शुरु भएको खेलकुदको आयोजकप्रति सर्वोच्च नेता किम जोङ उनले असन्तुष्टि जनाएपछि खेलकुद समारोह जुन १० पछि हुने गरी सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

खेलकुदको आयोजनालाई अझ परिष्कृत गर्नका लागि खेलकुद स्थगित गरिएको जनाइएको छ । यद्यपि किम जोङ उन उक्त खेलकुदको कुन पक्षमा असन्तुष्ट बने यसबारे केही खुलाइएको छैन ।

यसअघि गत सोमबार किम जोङ उन तथा उनकी श्रिमती रि सोल जूले अन्य वरिष्ठ अधिकारीसँग उक्त खेलकुद उद्घाटन समारोहको अवलोकन गरेका थिए । उत्तर कोरियामा हुने खेलकुद समारोहमा ठूलो सङ्ख्यामा विदेशी पर्यटकहरु आउने गर्छन् ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ९ : ०८ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय