भानु साहित्यिक पुरस्कार रेग्मीलाई दिइने « Khabarhub

भानु साहित्यिक पुरस्कार रेग्मीलाई दिइने


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भानु साहित्यिक प्रतिष्ठानले रु एक लाख एक हजार राशिको पुरस्कार यसवर्ष झापाका चूडामणी रेग्मीलाई प्रदान गर्ने भएको छ ।
उक्त पुरस्कार उनलाई २०५औँ भानु जयन्तीको अवसरमा आगामी असार २९ गते प्रदान गरिनेछ ।

प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीका अनुसार यस वर्षदेखि अन्य तीन पुरस्कार समेत एकसाथ प्रदान गरिनेछ ।  कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान तथा हेमराज–मेदनी खरेल प्रतिष्ठान एकापसमा गाभिएपछि अन्य दुई पुरस्कारसमेत एकै दिन प्रदान गर्न लागिएको अध्यक्ष उप्रेतीले जानकारी दिए ।

रु १५ हजार राशिको भानु प्रतिभा पुरस्कार साहित्यकार खगिन्द्रा खुशीलाई, रु ५१ हजार राशिको धनमाया—पवित्रा स्मृति पुरस्कार गायक जीवन शर्मालाई तथा रु ५१ राशिको टीकाराम–जानुका खरेल साहित्यिक पुरस्कार राम धामीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

यस्तै धनमाया–पवित्रा स्मृति पुरस्कार कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान तथा टीकाराम–जानुका खरेल स्मृति पुरस्कार हेमराज–मेदनी खरेल प्रतिष्ठानले आफ्ना बुबाआमाको नाममा स्थापना गरेको हो । सो पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले प्रदान गर्ने बताइएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ९ : १९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल