प्रहरी मृत्यु घटनाका दोषीलाई कारबाही गर्न मानवअधिकारवादी संगठनको माग | Khabarhub Khabarhub

प्रहरी मृत्यु घटनाका दोषीलाई कारबाही गर्न मानवअधिकारवादी संगठनको माग


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘न्यायका लागि मानव अधिकार’ नामक मानव अधिकारवादी संगठनले लेटाङमा प्रहरी उर्मिला श्रेष्ठको हत्या भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेको छ ।

सोमबार संगठनका संयोजक ईन्द्रप्रसाद अर्यालले विज्ञप्ति जारी गरी कानुन हातमा लिन प्रयास गर्दै प्रहरी जवानमाथि नै घातक हतियार प्रयोग गरी हत्या भएको भन्दै दोषीहरूलाई कारबाही गर्न माग गरेका हुन् ।

जनताको जिउ ज्यानको सुरक्षाको जिम्मेवारी लिएको प्रहरी संगठनले कानुन कार्यान्वयनका लागि जुनसुकै घटनाका दोषीहरूलाई पनि सम्बन्धित निकायमा पुर्‍याउनुपर्ने पनि संगठनले बताएको छ ।

साथै, यौन दुर्व्यवहारका आरोपित शिक्षकउपर पनि प्रभावकारी अनुसन्धान गर्न सरकारलाई आग्रह गरेको छ ।

स्थानीय शिक्षा विकास माद्यमिक विद्यालयकी १४ वर्षीया छात्रालाई शिक्षक मनोज पौडेलले यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै विद्यार्थी तथा अभिभावकले विद्यालयमा तोडफोड र आगजनी गरेका थिए ।

तनाव साम्य पार्न खटिएकी प्रहरी श्रेष्ठको प्रदर्शनकारीको आक्रमणमा परी मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १२ : ०१ बजे

एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्ड बिक्री खुल्ला

काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (बिहीबार)बाट म्युचुअल फण्ड बिक्रीमा

रास्वपाले आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बिहीबार) पत्रकार भेटघाट कार्यक्रम

माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर

ताप्लेजुङ गोल्डकप : आज रेड स्टार र सहलेश भिड्दै

ताप्लेजुङ– ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत