प्रहरी मृत्यु घटनाका दोषीलाई कारबाही गर्न मानवअधिकारवादी संगठनको माग « Khabarhub

प्रहरी मृत्यु घटनाका दोषीलाई कारबाही गर्न मानवअधिकारवादी संगठनको माग


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘न्यायका लागि मानव अधिकार’ नामक मानव अधिकारवादी संगठनले लेटाङमा प्रहरी उर्मिला श्रेष्ठको हत्या भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेको छ ।

सोमबार संगठनका संयोजक ईन्द्रप्रसाद अर्यालले विज्ञप्ति जारी गरी कानुन हातमा लिन प्रयास गर्दै प्रहरी जवानमाथि नै घातक हतियार प्रयोग गरी हत्या भएको भन्दै दोषीहरूलाई कारबाही गर्न माग गरेका हुन् ।

जनताको जिउ ज्यानको सुरक्षाको जिम्मेवारी लिएको प्रहरी संगठनले कानुन कार्यान्वयनका लागि जुनसुकै घटनाका दोषीहरूलाई पनि सम्बन्धित निकायमा पुर्‍याउनुपर्ने पनि संगठनले बताएको छ ।

साथै, यौन दुर्व्यवहारका आरोपित शिक्षकउपर पनि प्रभावकारी अनुसन्धान गर्न सरकारलाई आग्रह गरेको छ ।

स्थानीय शिक्षा विकास माद्यमिक विद्यालयकी १४ वर्षीया छात्रालाई शिक्षक मनोज पौडेलले यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै विद्यार्थी तथा अभिभावकले विद्यालयमा तोडफोड र आगजनी गरेका थिए ।

तनाव साम्य पार्न खटिएकी प्रहरी श्रेष्ठको प्रदर्शनकारीको आक्रमणमा परी मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १२ : ०१ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२