नबिल बैंक र टेवानबीच डिजिटल उत्पादनहरू प्रबर्द्धनका लागि साझेदारी « Khabarhub

नबिल बैंक र टेवानबीच डिजिटल उत्पादनहरू प्रबर्द्धनका लागि साझेदारी


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्यूआर कोड तथा डिजिटल उत्पादनहरू प्रबर्द्धनका लागि नबिल बैंक र पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) बीच साझेदारी भएको छ ।

सोमबार पोखरामा भएको कार्यक्रममा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र टेवानको तर्फबाट अध्यक्ष रेनु थापाले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रबर्द्धन गर्न नबिल बैंकले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) सँग साझेदारी गरेको जनाएको हो ।

वित्तीय साक्षरता, वित्तीय पहुँच र डिजिटल वित्तीय समाधानहरूमार्फत् महिलाहरूलाई पर्यटन उद्यमहरू सञ्चालन गर्न तथा डिजिटल माध्यमहरुको प्रबर्द्धन गर्ने उद्देश्यले यो सम्झौता गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत शाक्यले यो सहकार्य महत्वपूर्ण हुने भन्दै यसले महिला व्यवसायीलाई डिजिटल बैंकिंङ क्षेत्रमा आबद्ध गर्दै दिगो विकास गर्नमा कोसेढुंगा साबित हुने बताए ।

त्यस्तै, टेवानकी अध्यक्ष रेनु थापाले नबिल बैंकले टेवानलाई रोजेकोमा धन्यवाद दिँदै महिला व्यवसायीको प्रबद्र्धनमा बैंकसँग हातेमालो गरी अघि बढ्ने बताइन् ।

कार्यक्रममा टेवान संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्री, नबिल बैंक एसएमई तथा लघुवित्त कर्जा प्रमुख निरजकुमार बस्नेत (डनिल), दायित्व व्यवस्थापन, कर्पोरेट कम्युनिकेशन तथा सी. एस. आर. प्रमुख कृष्णसुवेदी, नबिल बैंक गण्डकी प्रदेश प्रमुख सुर्यबहादुर रोकालगायतको उपस्थिथि थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १२ : २२ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको