लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न गाउँपालिकाको माग | Khabarhub Khabarhub

लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न गाउँपालिकाको माग


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – गोरखाको सहिद लखन गाउँपालिकाले लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ ।

कार्यपालिका बैठकबाटै निर्णय गरेर पालिकाले नेपाल सरकारलाई उक्त निर्णय बुझाएको हो । यसबाहेक पहिलो जनविद्रोहमा लखन थापासँगै सहादत प्राप्त गर्ने जयसिंह चुमी राना मगर, जीतमान गुरुङ, विराज थापा मगर, जुठ्या थापा मगर, अछामी मगर र अजपसिंह थापा मगरलाई शहिद घोषणाको माग गरिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिए ।

अध्यक्ष थापाले भने, ‘लखन थापाको जति सम्मान हुनसक्यो, उति इतिहासको सम्मान हुन्छ । राज्यले राष्ट्रिय विभूति घोषणा गर्न ढिलो गर्नु हुन्न ।’ गाउँपालिकाले पर्यटनमन्त्री प्रेम आलेलाई ज्ञापनपत्र नै बुझाएको हो ।

लखन थापाले सहादत प्राप्त गरेको दिन हरेक वर्ष सार्वजनिक विदाको घोषणा गर्न पनि माग गरिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ९ : ५४ बजे

कङ्गोमा भारी वर्षा, २९ जनाको मृत्यु

एजेन्सी – लोकतान्त्रिक गणतन्त्र कङ्गोको राजधानीमा एह हप्तामा भारी वर्षाका

एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण

रसुवा– प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्ड तथा जैविक विविधता र प्राकृतिक सम्पदाको

कहाँ गए कांग्रेस-एमालेका सांसद ? 

काठमाडौं– प्रतिनिधिसभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको बजेट सम्बन्धी छलफल

सिप मेलाका बहिरालाई महानगरको टेको

रमेश पौडेल  धनुषा घर भएकी अस्मिता सार्की काठमाडौं महानगरपालिकाले सञ्चालन

नयाँ बजेटमा युवाको नजर

सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि सार्वजनिक गरेको बजेटमा