छोराको आशमा सात छोरी « Khabarhub

छोराको आशमा सात छोरी


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाको तिला गुफा नगरपालिकाका ६२ वर्षीय भक्तबहादुर बोगटी जुम्लास्थित कर्णाली प्रतिष्ठान अस्पतालमा पाँच वर्षीय छोरा विशाल बोगटीको उपचारमा छन्। घरनजिकैको स्कूल जाँदै गर्दा बाटोमा जङ्गली फल मचैनो खाँदा बिरामी भएका छोराको स्वास्थ्य अवस्था निकै चिन्ताजनक भएपछि उनी अस्पताल आइपुगेका हुन् । अस्पतालमा उनले भने, ‘यो मेरो एक्लो छोरा हो । जसरी पनि बचाइदिनुस् डाक्टर’साब । यो छोरो रहेन भने म पनि रहनेछैन ।’

उनले छोरा जन्माउनकै लागि सात छोरी जन्माए । उनले छोराको आसमा सात छोरी जन्माएको कथा सुनाउँदा उपचारमा संलग्न चिकित्सक दङ्ग परे । चिकित्सकले उपचार शुरु गरे । चिकित्सकको उपचारपछि उनका छोराको स्वास्थ्य अवस्था सुध्रँदै गइरहेको छ । ‘अहिले खेल्न र बोल्नसक्ने भएको छ’, बोगटीले भने, ‘कर्णाली अस्पताल हुँदैनथ्यो त छोरो हुँदैनथ्यो, छोरो नहुँदा म पनि यो संसारमा हुन्नथेँ होला, छोरो बाँचेकामा धेरै खुशी छु ।’

उनका छोराको सघन उपचारकक्षमा उपचार भइरहेको छ । उनका अनुसार छ छोरी जन्मिसकेपछि सातौँ पटक छोरा जन्मिएको हो । ‘छोराभन्दा पछाडि फेरि एउटी छोरी जन्मिएकी छे’, उनले भने, ‘यो समाज छोरा जन्मेकामा उत्सव मनाउँछ, छोरी जन्मेकामा घृणा गर्छ । समाजकै लागि भए पनि छोरा खोजेको हुँ । छोराकै आसमा सात छोरी भए । बीचमा भाग्यवश जन्मेको यो छोरा बचाउन खुब प्रयन्त गर्दैछु ।’

अहिले उनका छ छोरीको विवाह भइसकेको छ । कान्छी छोरी, एक छोरा र श्रीमती मात्र साथमा रहेका उनले बताए । उनले भने, ‘समयमै छोरा जन्मिएको भए लालनपालनमा राहत मिल्थ्यो होला । छोरी भए, अर्काको घर गए, एक्लो बनाए । अहिले सहाराविहीनझैँ छु ।’

कर्णाली प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले छोराको आसमा सात छोरी जन्माएका उनले एक्लो छोरा बचाउन गरेको हारगुहारले अस्पतालको ध्यान केन्द्रित भएको बताए । उनले भने, ‘जङ्गली फल खाँदा त्यसको असर दिमागमा परेको देखियो । छोरो छटपटाउन थाल्यो । बाबु उपचारका लागि रोइकराइ गर्न थाले । तर बिहानै निको भएर छोरा बोल्न थालेपछि मुहारमा खुशी देखियो ।’

सात छोरीको बीचमा जन्मिएको छोरो बिरामी हुँदा घरपरिवारमा निकै रुवावासी चलेको उनी बताउँछन् । ‘निको भएर घर फर्कुंला भन्ने आस थिएन’, बोगटीले भने, ‘अब छोरा निको भएपछि खुशीसाथ घर फर्कंदै छु । छोराको उपचार हुन नसकेको भए म घर फर्कने थिइनँ । अब खुशीका साथ फर्कन्छु, छोराले पुनःजन्म पायो ।’

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ९ : ०७ बजे

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रियसभामा प्रधानमन्त्री बालेनले विधेयक पेस गर्ने कार्यसूची

काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

तनहुँ – पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि

मलेसियाको एउटा बिरुवाबाट सुरु भएको खेती : वार्षिक ३० टन ड्रागन फ्रुट उत्पादन

सुनसरी- आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न