‘बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा सदुपयोग गर्न आह्वान’ « Khabarhub

‘बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा सदुपयोग गर्न आह्वान’


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा सदुपयोग गर्न आह्वान गरेका छन्।

मंगलबार काठमाडौँमा गैरआवासीय नेपाली संघ एनआरएनएको १० औँ विश्व सम्मेलन उद्घाटन गर्दै मन्त्री शर्माले बाहिरबाट सोचेजस्तो लगानी आउन नसकेको भन्दै बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा ल्याउन आह्वान गरेका हुन्।

उनले मुलुकले एनआरएनएप्रति निकै ठूलो विश्वास राखेको धारणा राखे। मुलुकको विकासका लागि पनि एनआरएनएको निकै ठूलो भूमिका भएको उनको भनाइ छ ।

त्यस्तै अर्थमन्त्री शर्माले एनआरएनएका लागि नेपालमा बैंक खाता खोल्न सहज बनाइएको भन्दै सबैले १ हजार डलर राखेर बैंक खाता खोल्न आग्रह गरे।

मुलुकको विकासका लागि वार्षिक १७ देखि २० खर्व लगानी आवश्यक रहेकाले विभिन्न साझेदार संस्थाबाट ल्याएको लगानी प्रयाप्त नरहेको उनले बताए । अर्थमन्त्री शर्माले मुलुकको पूर्वाधार क्षेत्रमा लगानी भित्राउन सरकार इच्छुक रहको उल्लेख गरे ।

उनले ग्रामिण अर्थतन्त्रको विकास नभएसम्म मुलुकको व्यापार घाटा न्युनिकरण गर्न नसकिने बताए।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ४ : १० बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने