विगतका तिता कुरा बिर्सिएर अघि बढ्छौँः कमल थापा | Khabarhub Khabarhub

विगतका तिता कुरा बिर्सिएर अघि बढ्छौँः कमल थापा


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका तिता कुरा बिर्सने र त्रुटि सच्याएर आगामी दिनमा सशक्त रूपमा अघि बढ्ने बताएका छन् ।

मंगलबार जिल्ला अध्यक्षहरूसङ्गको भर्चुअल बैठकमा थापाले राप्रपा नेपालसँग अत्यन्तै बलियो र जनताको भावनाको सम्मान गर्ने बिचार भएको भन्दै आफू पार्टी उठाउन दिनरात मेहनत गर्न तयार भएको बताएका हुन् ।

धर्म परिवर्तनको डढेलोले सामाजिक सद्भाव खल्बलिनेतर्फ चिन्ता व्यक्त गर्दै थापाले भ्रष्टाचार र बेरोजगारीको डरलाग्दो अवस्थालाई रोक्नेतर्फ कसैले चासो नदिएको भन्दै आक्रोश ब्यक्त गरे ।
राप्रपा नेपाललाई काँग्रेस कम्युनिस्टको विकल्पका रूपमा अघि बढाइने भन्दै थापाले आर्थिक क्रान्तिको विषय कसैको प्राथमिकतामा नपरेको आरोप लगाए ।

बैठकमा पार्टीका महामन्त्रीत्रय सुशील श्रेष्ठ, भाष्कर भद्रा र राजाराम बर्तौलाले स्थानीय निर्वाचन तयारी र प्रशिक्षण, सचिवालय तथा संगठन सम्बन्धमा प्रस्तुति दिएका थिए ।

बैठकमा ४५ जिल्ला कार्य समितिका अध्यक्ष एबं केन्द्रीय पदाधिकारीको सहभागिता थियो । बाँकी जिल्ला अध्यक्षहरूको बैठक चाँडै गरिने राप्रपा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ८ : १८ बजे

बागमतीका मुख्यमन्त्री बानिँयाले पाए विश्वासको मत

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानिँयाले विश्वासको मत पाएका

गुरुङ समुदायमा मनाइयो ट्होटेँ

गण्डकी– आज साउनको अन्तिम मंगलबार अर्थात् गुरुङ समुदायको मौलिक पर्व

सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर भएकाले ढुक्कका

बलोचिस्तानमा विद्रोही आक्रमण, ९ सैनिक मारिए

एजेन्सी – पाकिस्तानको बलोचिस्तान प्रान्तमा सोमबार भएको विद्रोही आक्रमणमा ९

धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाले देशका विभिन्न सहरमा घुम्ती शिविर सञ्चालन गरेर