‘भारत’ भर्सेस ‘जात्रै जात्रा’, प्रदीपले लेखे- मेरा भारत महान भनेको पनि देखियो « Khabarhub

‘भारत’ भर्सेस ‘जात्रै जात्रा’, प्रदीपले लेखे- मेरा भारत महान भनेको पनि देखियो


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – जेठ ३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ ले उत्साहजनक व्यापार गर्ने क्रम रोकिएको थिएन । तर, जब सलमान खान अभिनित फिल्म ‘भारत’ रिलिज भयो, त्यसपछि ‘जात्रै जात्रा’ को शो ह्वात्तै घट्यो । हलवालाहरुले यो फिल्मलाई ईद पर्वको अवसर पारेर शुक्रवारको सट्टा बुधवार नै रिलिज गरेका थिए ।

सलमान खानको फिल्म ‘भारत’ ले मल्टिप्लेक्स हलमा भारी शो पायो । अर्कातिर घरेलु फिल्म ‘जात्रै जात्रा’ को शो मा कटौती गरियो । यद्यपि जति शो ‘जात्रै जात्रा’ ले पायो, ती सबै शो हाउसफूल रहे । अर्कातिर नेपालमा सलमान खानको फिल्मको पनि उत्तिकै क्रेज देखियो ।

यसैबीच ‘जात्रै जात्रा’ का निर्देशक प्रदीप भट्टराईले नेपाली फिल्म क्षेत्रमा आफ्नो योगदानको बखान गरेर नथाक्नेहरुले ‘मेरा भारत महान’ भनेको आरोप लगाएका छन् । विदेशी फिल्मका लागि स्पेस छोड्दै आफ्नो फिल्मलाई कम पर्दा दिएपछि उनले यस्तो बताएका हुन् ।

‘आफ्नो व्यापार व्यवसाय हो, आफू खुशी गर्न पाइएला तर व्यावसायिक धर्म भन्ने पनि त हुन्छ होला, हामीले जति डिजर्भ गर्छौँ, त्यति मागेका हौँ,’ निर्देशक भट्टराईले भने, ‘हल आफ्नो हुनेहरुले आफ्नो फिल्मको लागि मनखुशी शो राखे पनि दर्शकको मन खुशी नहुँदा कुन हालत भयो, देखेकै हो, हल कब्जा गरेर एक दिन होला तर हल कब्जा त दर्शकले गर्नुपर्ने होला, मेरिटअनुसार पाउनुपर्ने शो नपाए पनि हामीले पाउनुपर्ने भन्दा धेरै माया दर्शकबाट पाएका छौँ ।’

साथै उनले अन्तिम सत्य दर्शक भएको पनि बताएका छन् । हल नपाएर हेर्न नपाएका दर्शकहरुले आफ्नो समयअनुकूल बाँकी रहेको शो हेर्न पनि आग्रह गरेका छन् । उनले दर्शकले देखाएको मायाका लागि आभार व्यक्त समेत गरेका छन् ।

नेपाली फिल्मले दर्शक नपाइरहेका बेलामा ‘जात्रै जात्रा’ ले रिलिजको तेस्रो हप्तासम्म पनि गज्जबको क्रेज बनाएको थियो । मल्टिप्लेक्समा यो फिल्मले राम्रो दर्शक पाएको थियो । बुधवारबाट रिलिज भएको हिन्दी फिल्म ‘भारत’ रिलिजपछि भने यो फिल्मको शो मा कटौती भएको थियो ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १० : १७ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार