दातृ निकायले चासो नदिए सरकारले आफै विस्तारित वीर अस्पताल बनाउनुपर्छः मन्त्री खतिवडा « Khabarhub

दातृ निकायले चासो नदिए सरकारले आफै विस्तारित वीर अस्पताल बनाउनुपर्छः मन्त्री खतिवडा


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले दातृ निकायले चासो नदेखाए नेपाल सरकारले नै भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माण गर्नुपर्ने बताएका छन् ।

मन्त्री खतिवडाले भक्तपुरको दुवाकोटमा वीर अस्पताल विस्तारको परियोजनाको अनुगमनका साथै स्थानीयसँग छलफल गर्दै दातृ निकायको बाटो कुर्दा अस्पताल निर्माण नै अन्यौल भएको भन्दै सरकारले नै निर्माण गर्नुपर्ने बताएका हुन् ।

यसका लागि छलफल गर्ने पनि उनले बताए ।

अस्पताल निर्माणका क्रममा देखिएको स्थानीयका समस्या पनि समाधान गर्ने उनको भनाइ छ ।

उनले पूर्ण रूपमा अस्पताल निर्माण नभएसम्म दुवाकोटमा ल्याब र एक्सरे सेवा सुरु गर्ने घोषणा पनि गरे ।

कार्यक्रममा वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले स्थानीयको माग र सरकारको निर्देशनबमोजिम आफूहरू सेवा दिन तत्पर रहेको बताए ।

स्थानीयले भने अस्पताल निर्माणका लागि सहयोग गर्न तयार हुँदा पनि राज्यले चासो नदेखाएको गुनासो गरे ।

स्थानीयको अन्य समस्याका बारेमा पनि सरोकारवालाले कुनै चासो नदेखाउनु दुखद भएको उनीहरूको भनाइ थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ९ : ४७ बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ