सीडीयाे र एसपीलाई बर्खास्त गर्नुपर्ने भन्दै रौतहटमा एमालेको प्रदर्शन | Khabarhub Khabarhub

सीडीयाे र एसपीलाई बर्खास्त गर्नुपर्ने भन्दै रौतहटमा एमालेको प्रदर्शन


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– स्थानीय प्रशासनले षड्यन्त्र गरी निर्दोषलाई फसाउने काम गरेको भन्दै नेकपा एमाले रौतहटले प्रदर्शन गरेको छ ।

रौतहटका एसपी र सीडीयाेको नेतृत्वमा झुठा मुद्दा, गाली बेइज्जती तथा बदनाम गर्ने कार्य भइरहेको आराेप लगाउँदै एमालेले गरुडामा मङ्गलबार प्रदर्शन गरेको हो ।

सीडीयाे र एसपीको राजीनामा माग्दै अध्यक्ष त्रिभुवन साहको नेतृत्वमा एमाले पार्टी कार्यालयबाट निकालिएको जुलुस गरुडाको परिक्रमा गरी ईलाका प्रहरी कार्यालय  अगाडि नारा जुलुस तथा कोणसभा गरी अन्त्य भएको थियो ।

कोणसभामा जिल्ला अध्यक्ष साहले दोषी उम्काएर निर्दोषलाई फसाउने कार्य भएको आराेप लगाए ।

एक साता अगाडि नागेन्द्र साहको नाममा रहेको बा १७ च ६१६३ नम्बरको स्कार्पियो पिकअपको ड्राइभरले मान्छे पुर्‍याएर महोत्तरीबाट रौतहट फर्किँदै गर्दा गौर-चपुर सडक खण्डको हर्षाहामा दुर्घटना हुँदा दुई जनाको मृत्यु र दुई जना घाइते भएका थिए ।

घटनास्थलमा समातिएको चालकलाई रिहा गरी प्रहरीले गाडीमा हुँदै नभएको व्यक्तिको नाममा मुद्दा दर्ता गरेको आरोप लागेको छ । सीसीटीभी फुटेज र भिडियो क्लिपहरू प्रमाणका रूपमा हुँदासमेत सरकारी षडयन्त्रअनुरुप त्यसमा देखिएको व्यक्तिलाई छाड्ने र निर्दोषमाथि मुद्दा दर्ता भएको उनीहरूको आराेप छ ।

प्रदर्शनमा केन्द्रीय लेखा आयोगका सदस्य राजकिशोर यादव, प्रदेश उपसचिव आरती भण्डारी, जिल्ला उपाध्यक्ष दिपक यादव, सचिव बालविक्रम कार्की, उपसचिव पलट चौधरी, राष्ट्रिय युवा संघका स्थायी कमिटी सदस्य एवम् पार्टी जिल्ला कमिटी सदस्य निवेश यादवलगायत सहभागी थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ११ : २० बजे

पेसागत हतियार प्रदर्शन गर्दै मनाइयो ‘पाँय् न्ह्याकेगु’ जात्रा

भक्तपुर– विजयादशमीका अवसरमा आज भक्तपुरमा परम्परागत हतियार प्रदर्शन गर्दै ‘पाँय्

भारतीय राष्ट्रवादी कांग्रेस नेता बाबा सिद्दिकीको हत्या

काठमाडौं– भारतीय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या

स्याङ्जाका एघार अतिरिक्त हुलाक खारेज

स्याङ्जा– स्याङ्जाका ११ अतिरिक्त हुलाक कार्यालयहरू खारेज भएका छन् ।

भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउ

सुर्खेत– कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दशैँमा राम्रो

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

बाँके– घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज विसर्जन