अफगानिस्तानलाई सहयोग गर्न इमरान खानको आह्वान « Khabarhub

अफगानिस्तानलाई सहयोग गर्न इमरान खानको आह्वान


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले इस्लामिक देशहरुसमक्ष अफगानिस्तानलाई सहयोग गर्न आह्वान गरेका छन् । ‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’ ओइसीको विदेश मन्त्रीहरुको ४८ औँ सम्मेलनलाई सम्बोधन गर्दै उनले विश्वका इस्लामिक देशहरुलाई हाल अफगानिस्तानले सामना गरिरहेका चुनौति र समस्याका बारेमा अध्ययन गर्न समेत आग्रह गरे ।

उनले हाल अफगानिस्तानले निकै अप्ठेरो परिस्थितिको सामना गरिरहेकाले यस्तो अवस्थामा विश्वका सबै इस्लामिक देशहरुले सहयोग गर्नुपर्ने आवश्यकता रहेको धारणा राखेका हुन् ।

पाकिस्तानको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार यस सम्मेलनमा विश्वव्यापी तथा क्षेत्रीय राजनीतिक एवं अन्य मुद्दाहरु, एजेण्डामा छलफल भइरहेको छ ।

त्यस सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री खानले लामो हिंसात्मक द्वन्द्वपछि हाल तालिबान सरकार रहेको अफगानिस्तानमा अहिले नै मानवीय सहायताको खाँचो परेको र यसका लागि सहयोग गर्नु इस्लामिक देशहरुको कर्तव्य पनि भएको बताए ।

उनले अगानिस्तानमाथि लगाइएका विभिन्न खालका प्रतिबन्ध तथा नाकाबन्दीहरुलाई हटाउन र त्यहाँका नागरिकलाई परेको आवश्यकताको खाँचो पूरा गर्न सबै इस्लामिक देशहरु लाग्नका लागि पनि आग्रह गरेका थिए ।

गत वर्षको अगष्ट महिनामा इस्लामिक लडाकु समूह तालिबानले सत्ता कब्जा गरेपछि त्यहाँ मानवीय संकट बढेको बताइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ११ : ३४ बजे

दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलगत ट्रेड युनियन खारेज गर्ने

तलब खाएर राजनीतिक दलप्रति निष्ठा राख्नु अनैतिक र दण्डनीय हो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी घोषणापत्रमा जनताको करबाट तलब

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही– सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते

०४८ देखि सार्वजनिक पदमा भएका सबैको सम्पत्ति छानबिन गर्ने कांग्रेसको प्रतिज्ञा

काठमाडौं‍- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाललाई पाँच वर्षभित्र

‘कांग्रेसले ०४६ देखि ५१ सम्म सरकार चलाएको समय स्वर्णिम युग, त्यहीबेला मुलुकको आर्थिक जग बस्यो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्मको