फिलिपिन्सका राष्ट्रपति डुटेर्टेद्वारा विदेशी पर्यटकलाई सहज प्रवेश गर्न दिन निर्देशन « Khabarhub

फिलिपिन्सका राष्ट्रपति डुटेर्टेद्वारा विदेशी पर्यटकलाई सहज प्रवेश गर्न दिन निर्देशन


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले विदेशी पर्यटकहरुलाई सहजै प्रवेश गर्न दिन निर्देशन दिएका छन् । कोरोनाभाइरस महामारीका कारण विदेशी पर्यटकहरुको प्रवेशमा कडाइ गरिदै आइएकोमा अहिले संक्रमणमा कमी आएकाले अब खुकुलो बनाउनु पर्ने उनको भनाइ छ ।

विदेशी पर्यटकहरुका कारण देशको आर्थिक अवस्था सुधार गर्न सहज हुने अपेक्षा पनि गरिएको उनले बताए । ‘विदेशी पर्यटकहरु आउदा विदेशी रकम पनि आउछ, त्यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नुका साथै आर्थिक सन्तुलनमा समेत सहयोग पुग्छ,’ उनले जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ । 

निर्देशनमा कोरोना सम्वन्धी अन्य प्रतिवन्धात्मक व्यवस्थालाई पनि खुकुलो बनाइएको जानकारी दिइएको छ । देशको अर्थतन्त्रमा सुधार ल्याउन तत्काल नयाँ कार्यक्रमहरु ल्याउनु पर्नेमा पनि राष्ट्रपति डुटेर्टेले जोड दिएका छन् ।

फिलिपिन्समा अहिलेसम्म कोरोनाभाइरसका कारण तीस लाख ६७ हजार मानिस सङ्क्रमित भएका छन् भने  ५८ हजार २८१ जनाको मृत्यु भएको छ । देशको अहिलेको कुल जनसङ्ख्या छ करोड ५० लाख २० हजारभन्दा बढी रहेकोमा ती मध्ये झण्डै तीन चौथाईले पूर्ण खोप लगाइसकेका सरकारी अधिकारीहरुको दाबी छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ५ : ०३ बजे

नेकपाको महाधिवेशन आगामी मङ्सिर ११-१५ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं– काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका

धोबीखोला करिडोरका सुकुम्वासी बस्तीमा डोजर, हेर्नुहोस् ड्रोन भ्यू

काठमाडौं– शनिबार काठमाडौंको धोबीखोला करिडोर आसपासका अतिक्रमित सरकारी जग्गामा निर्माण

अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष

रोल्पा दुर्घटनाबारे रास्वपापछि बोल्यो प्रधानमन्त्री कार्यालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा भएको