पीएम कप क्रिकेट : पुलिस क्लबलाई मात्र ४२ रनको लक्ष्य « Khabarhub

पीएम कप क्रिकेट : पुलिस क्लबलाई मात्र ४२ रनको लक्ष्य


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा एपीएफले कमजोर शुरुवात गरेको छ ।

एपीएफले विभागीय टोली नेपाल पुलिस क्लबलाई मात्र ४२ रनको लक्ष्य दिएको छ ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विहीवार जारी खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको एपीएफलाई सस्तैमा समेट्न पुलिसका बलरले उत्कृष्ट प्रदर्शन गरे । पुलिसका बलरले उत्कृष्ट बलिङ गर्दा एपीएफका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

२२.१ ओभर खेलेको एपीएफले सबै विकेट गुमाएर ४१ रन मात्रै बनाउन सक्यो । पहिलो ब्याटिङ गरेको एपीएफको ब्याटिङलाईन ध्वस्त हुँदा पुलिसले मात्रै ४२ रनको लक्ष्य पाएको हो ।

एपीएफविरुद्ध राष्ट्रिय क्रिकेट टोलीका बलर ललित नारायण राजवंशीले ४ विकेट लिए भने कुसल भसुर्तेल र सागर ढकालले समान ३–३ विकेट लिए ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ११ : ०९ बजे

काठमाडौंका सडकमा असरल्ल तार (तस्बिरहरू)

काठमाडौं– काठमाडौँका बजार क्षेत्र टेलिफोन, इन्टरनेट र बिजुलीका अव्यवस्थित तारले

दुई सय सात किलो गाँजासहित एकजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरीले टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका–५ बाट

युरोपमा ‘नेपाल टेक रोडशो २०२६’ आयोजना हुँदै, नेपाली आईटी कम्पनीलाई विश्व बजारसँग जोड्ने लक्ष्य

काठमाडौं– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास

विराटनगरमा सबैभन्दा बढी वर्षा

काठमाडौं– देशका विभिन्न भागमा स्थापना भएका  वर्षा मापन केन्द्रमध्ये सबैभन्दा

केन्द्रीय बैंक ८५ अर्बको तीन महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ