मुगुमा शनिबारदेखि एक हप्ता विद्युत अवरुद्ध « Khabarhub

मुगुमा शनिबारदेखि एक हप्ता विद्युत अवरुद्ध


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुमा आगमी शनिबारदेखि एक हप्तासम्म विद्युत बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रअन्तर्गत गमगाड जलविद्युत आयोजनाको बालैमा रहेको इन्टेकमा समस्या भएको हुँदा मर्मतका लागि पानी बन्द गर्नुपर्ने भएकाले सदरमुकाम गमगढी बजारलगायत आसपासका गाउँमा १२ चैत बिहान ८ बजेदेखि १९ चैतसम्म विद्युत सेवा अवरुद्ध हुने भएकाे छ ।

नेपाल विद्युत प्राधिकरण गमगाड वितरण केन्द्र मुगुका प्रमुख दिनेश पौड्यालले यसबाट पर्ने असुविधाप्रति प्राधिकरण क्षमा चाहने बताए ।

यहाँका ग्राहकले यसअघि पनि पटक पटक विद्युत सेवामा समस्या झैल्दै आइरहेका छन् । मेसिनले राम्राे काम नगर्नु कहिले पानीकाे मुहानमा समस्या देखिनु जस्ता पीडा भोग्दै आइरहेका छन् । यस्तो सास्ती खेपिरहँदा यहाँका राजनितिक दल, स्थानीय तहलगायत निकायले पहलकदमी नरहेको स्थानीयकाे आराेप छ ।

जिल्लाका करिब १० हजार घरधुरीलाई लक्षित गरी गमगाढ साना जलविद्युत आयोजना स्थापना भएकाे हाे ।

सदरमुकाम गमगढी बजारसहित अन्य बस्तीमा विद्युत सेवा समस्या आइरहँदा मोबाइल चार्ज गर्न समेत समस्या हुने गरेकाे हुम्लाको सर्केगाड गाउपालिका-१ का नरजंग बमले बताए ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  २ : ३८ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा