सन् २०१७ यता उत्तर कोरियाद्वारा पहिलोपटक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण « Khabarhub

सन् २०१७ यता उत्तर कोरियाद्वारा पहिलोपटक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाली अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाली सेनाले जनाएअनुसार उत्तरले सन् २०१७ यता पहिलोपटक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको हो ।

जापानी अधिकारीहरूले यो क्षेप्यास्त्र ६ हजार किलोमिटरको उचाइमा पुगी ११ सय किलोमिटर टाढा जापानी जलक्षेत्रमा पुगेर खसेको जनाएका छन् । यो क्षेप्यास्त्रले एक घण्टाको उडान भएको अनुमान छ । विशेषज्ञहरुका अनुसार पछिल्लो पटक परीक्षण गरिएको क्षेप्यास्त्रले १३ हजार किलोमिटर टाढासम्म मार हान्ने साम्मर्थ्य राख्छ । यसअनुसार यसले अमेरिकाको जुनसुकै ठाउँमा पनि मार हान्न सक्ने जनाइएको छ ।

यसअघि गत १६ मार्चमा पनि अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षणको असफल प्रयास गरेको समाचार सार्वजनिक भएको थियो । उत्तर कोरियाले यो वर्ष १० वटासम्म विभिन्न क्षेप्यास्त्रको परीक्षण गरिसकेको छ । अमेरिकाले यसअघिका दुई प्रक्षेपणमा उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्र प्रणालीका केही पुर्जाको परीक्षण गरेको जनाएको थियो ।

उत्तर कोरियाले सन् २०१७ यता पहिलो पटक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको हो । दक्षिण कोरियामा नयाँ राष्ट्रपति चुनिएपछि उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको हो । दक्षिण कोरियामा उत्तर कोरियाप्रति अनुदार अडान राख्ने अपेक्षा गरिएका किम सुक यिओल राष्ट्रपतिमा निर्वाचित भएपछि उत्तर कोरियाले गरेको अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षणलाई निकै चासोपूर्वक हेरिएको छ ।

तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीचको शिखर वार्तापछि सर्वोच्च नेता किमले उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण रोक्ने बताएका थिए । यद्यपि उनले सन् २०२० मा मात्रै क्षेप्यास्त्र परीक्षण नगर्ने बाचा नमान्ने बताएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  २ : ५७ बजे

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक