साउदी पाठ्यक्रममा योगलाई पनि समावेश गरिने « Khabarhub

साउदी पाठ्यक्रममा योगलाई पनि समावेश गरिने


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी अरबमा चाँडै योगलाई विद्यालय पाठ्यक्रममा समावेश गरिने भएको छ । शारीरिक एवम् मानसिक हिसाबमा फाइदाजनक रहेकाले योगलाई साउदी पाठ्यक्रममा समावेश गर्न लागिएको साउदी योग समितिकी अध्यक्ष नउफ अल मरावीले जनाएकी हुन् ।

साउदी शिक्षा मन्त्रालयसँगको समन्वयमा योगलाई पाठ्यक्रममा समावेश गर्न लागिएको उनको भनाइ छ । बहुआयामिक फाइदा रहेका कारण यसलाई पाठ्यक्रममा समावेश गर्ने प्रस्ताव ल्याइएको मरावीले बताइन् । यसका लागि साउदी विद्यालय खेलकुद महासंघसँग पनि सहकार्य गरिने बताइएको छ ।

यसअघि सन् २०१७ मा त्यहाँको वाणिज्य मन्त्रालयले योगलाई प्रशिक्षण एवम् अभ्यासका लागि स्वीकृति प्रदान गरेको थियो । पछिल्लो समय साउदी अरबमा योग र यसको महत्वलाई प्रोत्साहन गर्नका लागि साउदी अरबमा विभिन्न कार्यक्रमहरुको आयोजना हुँदै आएको छ ।

यससँगै त्यहाँ योगको अभ्यास र प्रशिक्षण गर्ने मानिसहरुको संख्या पनि बढ्दै गइरहेको अरब न्युजले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ७ : २३ बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय