सपूतले भने- मैंले कसैको दबाबमा दृश्य हटाएको होइन | Khabarhub Khabarhub

सपूतले भने- मैंले कसैको दबाबमा दृश्य हटाएको होइन


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कलाकार प्रकाश सपूतले समाजको भावनालाई बुझेर पीर गीतको विवादित दृश्य हटाएको बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले पीर गीतमा रहेको देहव्यापार सम्बन्धी दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई लिएर हटाएको बताएका हुन् । आफू समाजबाट परिचालित भएको भन्दै अन्य कुनै शक्तिले आफूलाई परिचालित नगरेको उनले बताए ।

त्यस्तै सोहि पेशामा आधारित मानिसहरुलाई झनै पीर परेको भन्दै गीतबाट केहि दृश्य हटाउनु परेको प्रष्टिकरण पनि उनले दिए।

त्यस्तै सोहि गीतकी अभिनेत्री सुरक्षा पन्तले दृश्य हटाउने कुरा गायक सपूतको नितान्त व्यक्तिगत कुरा भएको बताइन्। अभिनेत्री पन्तले समाजमा भएका कुराहरुलाई भावनासँग जोड्दा राम्रो हुने सोचका साथ त्यो दृश्य हटाइएको पनि बताइन्।

पीर गीतमा रहेको देहव्यापार सम्बन्धी दृश्य समावेश गरेको भन्दै केहिले सपूतको आलोचना गरेका थिए । त्यस लगत्तै सपूतले गीतबाट उक्त दृश्य हटाएका थिए।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ८ : ०४ बजे

पदाधिकारीलाई संघर्षरत नर्सहरुको प्रश्न- सहमतिको अधिकार कसले दियो ?

काठमाडौं- निजी मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्स तथा

मर्मतपछि खुल्यो कागबेनी–छुसाङ सडक, चैले सडक मर्मत हुँदै

मुस्ताङ– बिहीबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध कोरला नाका

बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट

धरान– यही कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले

प्रदेशसभा सदस्यलाई प्रश्न- जेन–जी आन्दोलनपछि प्रदेश सरकार किन ओइलायो ?

गण्डकी प्रदेशभर ८० वटा सरकारी र ६३ वटा निजी गरी

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

दशरथचन्द– बैतडीका ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ