हलिउडकी यी अभिनेत्रीलाई पतिकै अगाडि फ्यानले जबरजस्ती किस गरेपछि‍‍‍... | Khabarhub Khabarhub

हलिउडकी यी अभिनेत्रीलाई पतिकै अगाडि फ्यानले जबरजस्ती किस गरेपछि‍‍‍…


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


हलिउड अभिनेत्री तथा गायिका माइली सायरसलाई एक व्यक्तिले भीडमा जबरजस्ती किस गरेका छन् । माइली आफ्ना पतिका साथ एक कार्यक्रममा सिलसिलामा स्पेन गएकी थिइन् । जहाँ फ्यानको निकै ठूलो भीड थियो । भीडमा एक व्यक्तिले माइलीलाई समाएर चुम्बन गरे । यो दृश्यको एक भिडियो फुटेज सामाजिक सञ्जालमा जबरजस्ती भाइरल भइरहेको छ ।

बताइएको छ कि, माइली स्पेनको बार्सिलोनामा आफ्ना पति लियाम हेम्सवर्थसँग एक कार्यक्रमका लागि गएकी थिइन् । कार्यक्रममा मान्छेको ठूलो भीड थियो । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा देखिन्छ कि, अभिनेता भीडबाट अगाडि बढिरहेकी छिन् । उसै दौरान एक व्यक्ति अचानक उनलाई किस गर्न आउँछन् । भीड यति ठूलो हुन्छ कि, माइलीले के गर्ने भन्ने मै अलमल पर्छिन् ।

उक्त क्षणपछि माइलीका पति लियामले ती व्यक्तिबाट बचाउँदै अघि बढ्छन् । र, सुरक्षा गार्डले पनि ती व्यक्तिलाई धक्का दिन्छन् ।

सामाजिक सञ्जाल ती युवकको व्यवहारलाई लिएर कडा आलोचना पनि भइरहेको छ । कतिले त ती व्यक्तिलाई कानूनी दायरामा ल्याउन समेत आग्रह गरेका छन् ।

‘हेना मोन्टाना’ शो बाट भइन् चर्चित

अभिनेत्री माइली आफ्नो लोकप्रिय शो ‘हेना मोन्टाना’ बाट दर्शकमाझ निकै लोकप्रिय भएकी थिइन् । यो कार्यक्रमलाई दर्शकले यति रुचाए कि, यो शो पूरै चार सिजनसम्म चलेको थियो । यो शोपछि माइलीले दर्शकमाझ विशेष छाप छोडेकी थिइन् ।

शोमा उनको आउटफिट र डान्सलाई मान्छेले रुचाएका थिए । अब माइली हलिउडको टिभी शो ब्ल्याक मिरर मा पनि देखिँदैछिन् । माइलीले सन् २०१८ मा आफ्ना ब्याइफ्रेन्ड लियामसँग बिहे गरेकी थिइन् । यी दुई लामो समय डेटिङमा थिए ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १२ : ३२ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

आज २०८२ साल भदौ २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक

निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका पर्यटकबाट ३० करोड राजश्व

गण्डकी – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा

भारतका प्रधान न्यायाधीश गवई भेटघाटमा व्यस्त, न्यायिक सहकार्यमा जोड

काठमाडाैं – भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा