नेविसंघ र तरुण दल अध्यक्ष नियुक्तिप्रति कोइराला पक्ष असन्तुष्ट, भेला बोलाइयो « Khabarhub

नेविसंघ र तरुण दल अध्यक्ष नियुक्तिप्रति कोइराला पक्ष असन्तुष्ट, भेला बोलाइयो


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसको कोइराला पक्षले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको भेला बोलाएको छ ।

नेविसंघ र नेपाल तरुण दलको केन्द्रीय तदर्थ समितिका अध्यक्ष नियुक्तिप्रति असन्तुष्टि जनाउँदै डा. शेखर कोइराला पक्षले आफ्नो पक्षको भेला बोलाएको हो ।

सभापति शेरबहादुर देउवाले आफूसँग छलफल नै नगरी अध्यक्षहरू नियुक्त गरेको कोइराला पक्षको आरोप छ ।

नेता गुरुराज घिमिरेले तीन दिनभित्र यी दुवै भ्रातृ संगठनको संयुक्त रूपमा राष्ट्रिय भेला गर्न लागिएको जनाएका छन् । यो मुख्य रूपमा शेखर पक्षको भेला हो भन्दै अरु जोडिन आए ढोका खुला रहेको पनि उनले बताएका छन् ।

देउवाले बुधबार नेविसंघ केन्द्रीय तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ९ : २५ बजे

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये

मिटर ब्याजको छानबिन सम्बन्धी दुई प्रतिवेदन कार्यान्वयनमा

काठमाडौँ । सरकारले मिटरब्याजको छानबिन सम्बन्धी दुईवटा प्रतिवेदन कार्यान्वयमा लैजाने

सुनिल पौडेलसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक