कोपा अमेरीकाबाट बाहिरिए नेयमार « Khabarhub

कोपा अमेरीकाबाट बाहिरिए नेयमार


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-ब्राजिलका फरवार्ड नेयमार राष्ट्रिय टोलीबाट बाहिरिएका छन् । कतारविरुद्धको कोपा अमेरिकाको सेमिफाइनल खेलमा  घाइते भएपछि नेयमार टोलीबाट बाहिरिएका हुन् ।

मैदानबाटै अस्पताल लगिएका नेयमारले अब कोपा अमेरिका नखेल्ने ब्राजिल फुटबलले जनाएको छ । उनी खेल शुरु भएको २१ औ मिनेटमा मैदानमै लडेपछि मैदानबाट बाहिरिएका थिए ।

उनको दाहिने खुट्टाको लिगामेन्टमा गम्भीर समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अवस्था गम्भिर भएपछि उनले महादेशीय प्रतियोगिता गुमाउने पक्का भएको हो ।

गम्भीर चोटका कारण उनको शारीरिक अवस्था ठीक नभएको र निको हुन आवश्यक समयसमेत नभएकाले उनले कोपा अमेरिका गुमाउने फुटबल महासंघले जनाएको छ । मैत्रीपुर्ण खेलमा ब्राजिलले एसियन च्याम्पियन कतारलाई २–० ले हराएको थियो ।

कोपा अमेरिकाको तयारीमा रहेको ब्राजिलले कतारविरुद्व सहज जीत निकालेको हो ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १२ : ४५ बजे

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो