घरेलु हतियार प्रहार गरी श्रीमतीको हत्या, फरार श्रीमान् पक्राउ | Khabarhub Khabarhub

घरेलु हतियार प्रहार गरी श्रीमतीको हत्या, फरार श्रीमान् पक्राउ


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका २१ वर्षीय भक्तबहादुर थापा पक्राउ परेका छन्। घरासयी विवादमा बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने थापाले २४ वर्षीया श्रीमती लक्ष्मी तामाङको हत्या गरेका हुन् ।

मासु काट्न प्रयोग हुने दाउले बिहीबार राति साढे १० बजेतिर घाँटीको अगाडिको भागमा प्रहार गरेका थिए । दाउ प्रहारबाट गम्भीर घाइते लक्ष्मीलाई चुनिलेखस्थित करुणा अस्पताल लगिएको थियो । उपचारको क्रममा शुक्रबार राति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि भक्तबहादुर फरार भएका थिए । फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका थापालाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यानसम्बन्धी कसुर अपराधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले आवश्यक अनुसान्धान गरिरहेको छ । प्रहरीले घटनामा प्रयोग गरिएको दाउसमेत बरामद गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १२ : ४७ बजे

आश्रम निर्माणका लागि एकै दिन ५५ लाख रुपैयाँ सङ्कलन

बागलुङ– मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना

स‌खुवासभा भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

सङ्खुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थानान्तरण

मुस्ताङ– एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै

हङकङ सिक्सेस : यूएईले नेपाललाई दियो १३० रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा यूएईले नेपाललाई १३०

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल