‘रणनीतिक’ क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको पुष्टि | Khabarhub Khabarhub

‘रणनीतिक’ क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको पुष्टि


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाले नयाँ किसिमको क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले ह्वासोङ्– १७ नामक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको जनाएको हो ।

यसअघि बिहीबार दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले सन् २०१७ यता पहिलो पटक अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्र (आईसीबीएम) परीक्षण गरेको दाबी गरेको थियो । जापानी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक घण्टाको उडान भरेको उक्त क्षेप्यास्त्र ६ हजार किलोमिटरको उचाइमा पुगेको थियो ।

यस्तै, ११ सय किलोमिटरको दूरी पार गरी यस क्षेप्यास्त्र जापानी जलक्षेत्रमा पुगेर खसेको थियो । विशेषज्ञहरुका अनुसार पछिल्लो पटक परीक्षण गरिएको क्षेप्यास्त्रले १३ हजार किलोमिटर टाढासम्म मार हान्ने साम्मर्थ्य राख्छ ।

यही दाबीलाई पुष्टि गर्दै केसीएनएले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको प्रत्यक्ष निर्देशनमा क्षेप्यास्त्र परीक्षण गरिएको जनाएको छ । केसीएनएले आणविक युद्ध रोक्नका लागि यो क्षेप्यास्त्रले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरेको छ ।

‘प्रजग कोरियाको नयाँ रणनीतिक हतियारले विश्वलाई नै हाम्रो रणनीतिक सैन्य बलको शक्तिबारे फेरि एक पटक अवगत गराएको छ ।’ सर्वोच्च नेता किमलाई उद्धृत गर्दै केसीएनएले जनाएको छ । उत्तर कोरियाले आफूलाई प्रजातान्त्रिक जनगणतन्त्र कोरिया भन्ने गरेको छ ।

उत्तर कोरियाले परीक्षण गरेको ह्वासोङ– १७ क्षेप्यास्त्र पहिलो पटक सन् २०२० मा उत्तर कोरियाली सैनिक परेडमा सार्वजनिक गरिएको थियो । यो क्षेप्यास्त्र यसअघि सन् २०१७ मा उत्तर कोरियाले परीक्षण गरेका ह्वासोङ १५ र ह्वासोङ १४ भन्दा शक्तिशाली रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  २ : ०३ बजे

‘पाकिस्तानमा जरदारीको राजीनामा र फिल्डमार्सल राष्ट्रपति बन्ने हल्ला निराधार’

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले राष्ट्रपति आसिफ अली जरदारीको राजीनामा

युवा पुस्तालाई उपप्रधानमन्त्री सिंहको आग्रह- लहैलहैमा नलागाैँ

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

एजेन्सी– युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य जारी गर्दै,

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा