म्यान्चेस्टरमा रहेको घर बेच्दै रोनाल्डो, ९ करोड घाटा ! « Khabarhub

म्यान्चेस्टरमा रहेको घर बेच्दै रोनाल्डो, ९ करोड घाटा !


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो पूर्व क्लव म्यान्चेस्टर युनाइटेड नजिकै रहेको घर बेच्ने तयारी गरेका छन् ।

ओल्ड ट्राफोर्डबाट १५ माइल मात्र टाढा रहेको एल्डर्लि एजमा रहेको घर रोनाल्डोले बेच्न लागेका हुन् । अहिले इटालियन क्लव युभेन्टसबाट खेलिरहेका रोनाल्डोले पाँच बेडरुम रहेको इँट्टाले बनेको तीन तले घर बेच्नका लागि सोमबार ३. २५ मिलियन पाउण्ड (करीब४५ करोड ७७ लाख नेपाली रुपैयाँ) को मूल्य तोकेका हुन् ।

३३ वर्षिय रोनाल्डोले उक्त घर ११ वर्षअघि ३. ८९५ मिलियन पाउण्डमा (५४ करोड ८५ लाख नेपाली रुपैयाँ) किनेका थिए भने अहिले ३. २५(करीब४५ करोड ७७ लाख नेपाली रुपैयाँ) मा बेच्ने तयारी गरेका छन् । यो मूल्यमा घर बिक्री हुँदा ८ करोड ४५ लाख नेपाली रुपैयाँ रोनाल्डोलाई घाटा लाग्ने छ ।

कालो रंग लगाइएको उक्त घर पुरानो शैलीमा बनेको बीबीसीले जनाएको छ । उक्त घरमा सुविधासम्पन्न कोठा, स्वीमङपुल, खरानी रंगको किचेन, स्टीम रुम, सिनेमा रुम, जिम रुप लगात रहेको जनाइएको छ ।

रोनाल्डोले उक्त घर विक्रीका लागि खुल्ला गरेको यो दोस्रो पटक हो । उनले सन् २०१३ मा पनि यो घर बेच्न खोजेका थिए । त्यसबेला उनले ३.७५ मिलियन पाउण्ड मूल्य राखेका थिए । तर त्यससमय घर विक्री भएन ।

रोनाल्डोले सन् २००९ मा म्यान्चेस्टर युनाइटेड छोडेका थिए ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १ : १५ बजे

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो