निर्वाचनमा गठबन्धनको विषयमा काँग्रेसमा फरक–फरक सुझाव « Khabarhub

निर्वाचनमा गठबन्धनको विषयमा काँग्रेसमा फरक–फरक सुझाव


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसभित्र निर्वाचनमा गठबन्धन गर्ने विषयमा फरक–फरक सुझावहरू आएका छन् ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको काँग्रेसको केन्द्रीय कमिटी बैठकमा निर्वाचनकेन्द्रित अभियानका विषयमा लिइएको सुझावका क्रममा गठबन्धन गर्ने विषयमा फरक फरक सुझावहरू आएको काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

उनले सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन लाद्न खोजेको भन्ने भनाइ झुटो भएको बताए ।

बैठकमा आवश्यकताको सिद्धान्तअनुसार कतै गठबन्धन गरेर जान हुने कतै नगरे पनि हुने भनेर फरक फरक रिपोर्टहरू आएको उनले जनाए । आवश्यकताको सिद्धान्तमा गठबन्धन हुनुपर्छ भन्ने सुझावहरू आएको र पार्टी नेतृत्वले त्यसमाथि छलफल गर्ने पनि उनले बताए ।

छलफलपछि काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले चुनावी गठबन्धनको निर्णय नगर्न आग्रह गरेको बताए । उनले गठबन्धन गर्ने कि नगर्ने टिकट वितरण गर्ने अधिकार प्राप्त समितिलाई दिनुपर्ने पनि बताए ।

त्यस्तै, काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीको निर्णयलाई आफूले मान्य भन्दै निर्वाचनमा एक्लै लड्नुपर्छ भन्ने आफ्नो धारणा रहेको बताए ।

काँग्रेस बैठक पुनः आइतबार बस्ने नेताहरूले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : ५१ बजे

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

पर्वत– भुरुङ्दीखोलामा  निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ

आरपी पन्तको ‘समय’ सार्वजनिक

काठमाडौं – आरपी पन्तको म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ।

कांग्रेस महाधिवेशन विवाद : सभापति देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए

काठमाडौं – नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष

निर्माणाधीन एसियाली राजमार्गमा दुर्घटना बढे

झापा– निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति

पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

कास्की– पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति