राजर्षी जनक कपः सुदूरपश्चिम उपाधि होडबाट बाहिरियो « Khabarhub

राजर्षी जनक कपः सुदूरपश्चिम उपाधि होडबाट बाहिरियो


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– जारी छैठौँ राजर्षी जनक कप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र विजयी भएको छ ।

सर्लाहीको बागमती–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र सगँ सुदूरपश्चिम–११, ३–१ गोल अन्तरले पराजित भएको हो । जितसगैँ मच्छिन्द्रले आफुलाई बलियो उपाधि दावेदारका रुपमा प्रस्तुत गरेको छ । मच्छिन्द्र फुटवल क्लका सामु सुदुरपश्मि–११, का खेलाडी केही निरीह देखिए ।

खेलको सुरुवात देखिनै आक्रामक अवस्थामा देखिएको मच्छिन्द्रका लागि दोस्रो हाफको दोस्रो मिनेटमा विशाल राईले गोल गर्दै खाता खोले । राईले बिमल घर्तीको पासमा डिबक्स भित्रबाट उत्कृष्ठ गोल गरे । त्यस पछि सुदूरपश्चिम थप दवाबमा देखियो । दोस्रो हाफपछि पनि सुदूरपश्चिमको लगातार खेलमा फर्कने प्रयास असफल भयो ।

खेलको ६३ औँ मिनेटमा सुदूरपश्चिमका दिपेङ्क राजसिङ ठकुरीले गोल गर्दै टिमलाई खेलमा फर्काए ।

उनले २० यार्ड टाडाबाट गरेको प्रहार सिधै गोलमा परिणत भयो ।

त्यस पछि खेल १–१ को बराबरीमा पुग्यो । लगातार मच्छिन्द्र आक्रामक अवस्थामा प्रस्तुत भईरह्यो । भने, सुदूरपश्चिम लगातार दवावमा रह्यो । खेलको ६२ औँ मिनेटमा मच्छिन्द्रको डिबक्स भित्र सुदूरपश्चिमले राम्रो अवसर सृजना गरेको थियो । तर सदुपयोग हुन सकेन ।

खेलको ७३ औँ मिनेटमा सुदूरपश्चिमका लागि बनेको अवसर फागुराम थारुले खेर फाले । खेलको ७८ औँ मिनेटमा बिमलको गोलबाट फेरि मच्छिन्द्रले २–१ को अग्रता कायम ग¥यो ।

सुजल श्रेष्ठको क्रस पासमा बिमल घर्ती मगरले डिबक्स भित्रबाट हेड गर्दै मच्छिन्द्रको लागि दोस्रो गोल गरे । त्यस पछि खेलमा लय गुमाएको सुदुरपश्चिम–११, धनगढीले ८३ औँ मिनेटमा तेस्रो गोल ब्यहो¥यो ।

मच्छिन्द्रका लागि तेस्रो गोल बिदेशी खेलाडि अनरवेसको पासमा नोरोजोभले डिबक्स भित्र भएको ग्याद्रिङको फाईदा उठाउदै गरे ।
यता सुदूरपश्चिम आफुले पाएको लगातारको अवसरमा गोल गर्न चुकेपछि हार ब्यहोर्दै उपाधि होडबाट बाहिरियो । खेलको छैठौ मिनेटमा सुदूरपश्चिमका बिदेशी खेलाडि बिक्रम सिङ गोल गर्नबाट चुके । मच्छिन्द्रका गोलरक्षक बिशाल श्रेष्ठ सगँ वान भर्सेज वानको अवस्थामा पनि गोल गर्न सकेन् । उन्ले गरेको प्रहार पहिलो बारमा लागे दोस्रो बारतर्फ फर्कियो ।

खेलमा उत्कृष्ठ प्रदर्शन गरेका मच्छिन्द्रका देबेन्द्र तामाङ म्यान अफ दि म्याच घोषित भए । उन्ले नगद १० हजार पुरस्कार प्राप्त गरे । जित सगैँ मच्छिन्द्रले उपाधिका लागि चैत १३ गते हुने फाईनल खेलमा डिफेन्डिङ च्याम्पियन समेत रहेको पिप्ले युवा क्लव हेटौडा सगँ भेट पक्का गरेको छ । फाईनल भेटका लागि पिप्लेले क्वाटरफाईनलमा हिमालयन सेपा र सेमिफाईनलमा आयोजक बागमती युवा क्लवलाई पारजित गर्दै फाईनल यात्रा तय गरेको हो ।

यस्तै मच्छिन्द्रले क्वाटरफाईलन विदेशी पाहुना टोली एभिनियर फुटवल क्लव क्यामरुनलाई पाखा लगाएर आजको भेट पक्का गरेको थियो । प्रतियोगिताको विजेताले राजर्षि रनिङ सिल्ड १० लाख १ हजार र उपविजेताले ५ लाख ५ सय प्राप्त गर्ने आयोजक बागमती युवा क्लवका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।

त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद २५–२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई बागमती राईजिङ् अफ दि ईयर प्लेयर्स घोषणा गर्दै एक थान मोटरसाईकल प्रदान गरिने आयोजक बागमती युवा क्लबका अध्यक्ष मैनालीले जानकारी दिए ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १० : १७ बजे

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

एजेन्सी- इरानविरुद्ध सञ्चालन गरिएको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा

बाढीमा क्षतिग्रस्त त्रिशूलीका झोलुङ्गे पुल मर्मत थालियो (तस्बिरहरू)

नुवाकोट– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

हराउँदै हो त सुकुल भोज ?

भक्तपुर– नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित

माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने