डी–सिने अवार्ड चैत्र २६ मा, घोषणा भयो सम्मान तथा पुरस्कार | Khabarhub Khabarhub

डी–सिने अवार्ड चैत्र २६ मा, घोषणा भयो सम्मान तथा पुरस्कार


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तिम समयमा आएर चैत्र १२ मा हुने भनिएको डी–सिने अवार्ड सरेको छ ।

छायाँछवि क्रिएशनको आयोजनामा हुने डी–सिने अवार्ड अब चैत्र २६ मा हुने भएको छ । आयोजक संस्था छायाँछवि क्रिएसनका अध्यक्ष शान्तिप्रियले अवार्ड प्राविधिक कारणले सार्न लगिएको जनाए ।

आयोजक संस्थाले विज्ञप्ति जारी गर्दै अवार्ड सरेको जानकारीसँगै हरेक वर्ष प्रदान गर्दै आएको सम्मान एवं पुरस्कारको घोषणा गरेको छ ।

डी–सिने अवार्डको अवसरमा छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष÷महिला) एवं छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार घोषणा गरिएको हो ।

यस वर्ष छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपालकै पहिलो चलचित्र ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गरेकी प्रथम नायिकाको उपमा पाएकी भुवन चन्दलाई प्रदान गरिने छ ।

त्यस्तै, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष तर्फका) अभिनेता विजय लामा, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (महिला तर्फको) झरना थापालाई प्रदान गरिने भएको छ । यस वर्षको छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार विष्णु सुवेदीलाई प्रदान गरिने भएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १२ : ०२ बजे

संसद्को गतिरोध अन्त्यका लागि सहमति जुटाउन सभामुख र रास्वपाबीच छलफल

 काठमाडौं– प्रतिनिधिसभा बैठकमा जारी गतिरोध अन्त्यका लागि सहमति जुटाउन सभामुख

सभामुख घिमिरे र गृहमन्त्रीबीच दुई बुँदे सहमति कार्यान्वयनबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र भिजिट भिसा प्रकरणमा मुछिएका

गाजा क्षेत्रमा खानेकुरा पाउन व्यग्र भएर बसेका ४५ जना भोका प्यालेस्टाइनी इजरायली आक्रमणमा मारिए

काठमाडौं– इजरायली आक्रमणमा परी गाजा क्षेत्रमा खानेकुरा प्राप्त गर्न व्यग्र

सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले गत जेठमा काठमाडौँमा

दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ

धरान– यहाँको इटहरी उपमहानगरपालिका–२० तरहरा स्थित धरान–तरहरा सडकबाट प्रहरीले दुई