बीमा प्राधिकरणमा अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन « Khabarhub

बीमा प्राधिकरणमा अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको बीमा क्षेत्र नियामक नेपाल बीमा प्राधिकरण अध्यक्ष नियुक्त गर्न सरकारले सिफारिस समिति गठन गरेको छ ।

अस्ति (मङ्गलबार) बसेको मन्त्रिपरिषद्‌ बैठकले प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्त गर्न राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन गरेको हो ।

यस अघिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई कीर्ते नागरिकता प्रकरणमा भ्रष्टाचार मुद्दा लागेसँगै हाल प्राधिकरण अध्यक्षविहीन छ । आउँदो माघ १९ गते कार्यकाल पूरा गर्न लागेका सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्सिर २४ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचार मुद्दा खेपेका सिलवालले ६५ वर्ष पूरा भएर ०८० साउन १५ गते नै स्वतः अवकाश हुनुपर्ने थियो । तर, जानी जानी प्राधिकरणको अध्यक्षमा कायम रहिररहेको, उमेर ढाँटेर जन्म मिति हेरफेर गरेको, तीन वर्ष उमेर घटाएर राहदानी लिएको लगायत आरोपमा आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद–२ अनुसार मुद्दा चलाएको हो । आयोगले विशेषमा पठाएका फाइलमा सिलवालले ३६ लाख रुपैयाँ बढीको भ्रष्टाचार गरेको दाबी गरिएको छ ।

अर्थ मन्त्रालयले हाल प्राधिकरण अध्यक्षको जिम्मेवारीमा सहसचिव मदन दाहाललाई खटाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहसचिव दाहाललाई अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्षको कामकाज गर्नेगरी प्राधिकरण हाँक्ने जिम्मेवारी दिएका हुन्‌ ।

यो पनि –

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा

बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव दाहाललाई

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ४ : ४५ बजे

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न

संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौं– दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त

त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी